सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडा गणना चैतमा, एक करोड १० लाख बजेट विनियोजन


  •    /१६ भाद्र २०७६, सोमबार १४:५२ 
  • चितवन । यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ ।

    नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ (वि.सं.२०७१) मा गैंडा गणना गरिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अग्रसरतामा गैंडा गणना हुँदे आएको छ । अघिल्लो वर्ष नै गैंडा गणना गर्ने भनिएपनि बजेट अभाव देखाउँदै रोकिएको थियो ।

    चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । ती सबै निकुञ्जमा गैँडा गणना एकसाथ गरिने छ । विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार चैत १ गतेदेखि गैँडा गणनाका लागि गृहकार्य शुरु भइसकेको छ । निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन हुने क्रम शुरु भएको छ । “विभागमा पनि छुट्टै समिति गठन हुनेछ”, कँडेलले भन्नुभयो ।

    गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख विनियोजन गरेको छ । अपुग रकमका लागि दाताको भर पर्नुपर्ने विभागले जनाएको छ । सवै निकुञ्जमा गैँडा गणना गर्दा रु एक करोड ५० लाख हाराहारी खर्च हुने कँडेलले जानकारी दिनुभयो । गत वर्ष विभागले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन ।

    कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिब एक महिना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार एक सातादेखि दश दिनसम्म लाग्ने अनुमान गरिएको छ । सबैभन्दा बढी गैँडा चितवनमा छन् । सन् २०१५ को गणना अनुसार देशभर ६ सय ४५ गैँडा रहेका थिए । छ सय पाँच गैँडा चितवन निकुञ्जमा थिए । दुई वर्ष अघि आएको बाढीका कारण चितवनमा धेरै गैँडा बगाएको थियो । केही गैँडा मृत भेटिएका थिए । गैँडाको वास्तविक सङ्ख्या पत्ता लगाउन गत आवमा गणनाको तयारी गरिएको थियो ।

    प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार कार्यदलको बैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उपकार्यदल गठन गरी आवश्यक पर्ने सामग्री, बजेटलगायत विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । यसैगरी हात्तिसारका शाखा अधिकृतको संयोजकत्वमा प्रयोग गर्न सकिने हात्तिका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न अर्को समिति गठन गरिएको ढकालले जानकारी दिनुभयो ।

    कार्यदलमा साझेदार संस्थासँगै सरोकारवाला निकायका प्रमुख सदस्य छन् भने उपकार्यदलमा तिनका प्रतिनिधि सदस्य छन् । गैँडा गणना हुने भएपछि निकुञ्जले घाँसे मैदान व्यवस्थापन, फायर लाइनलगायत नियमित कामको कार्यतालिका अहिले नै निर्माण गरी काम अघि बढाइने निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.