सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते


  •    /१५ भाद्र २०७६, आईतवार ०९:३३ 
  • चितवन । चितवनमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    भरतपुर–२३, जगतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विकलाई ठक्कर दिएको मोटरसाइकलमा चढेका पर्साको जगन्नाथ गाउँपालिका–१ का २१ वर्षीय सुरेन्द्र चौधरी गम्भीर घाइते छन् । त्यस्तै सोही मोटरसाईकलमा चढेका पर्सा जिल्ला औरही गाउँपालिका–४ का १८ वर्षीय अजय चौधरी र भरतपुर–१४ का २० वर्षका निसान नेपाली घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभएको छ ।

    त्यसैगरी, पूर्वी चितवनमा शनिबार राति ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं ४ शिवचोकमा ना६ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट घाइते अन्दाजी ४०/४२ वर्षीय पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ ।

    त्यसैगरी, भरतपुर–१२, बसन्तचोकमा गएराति नै कारको ठक्करबाट एक जना मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा ओखलढुङगाको लेखु गाउँपालिका–९ का ३१ वर्षीय भीमप्रसाद दाहाल रहेका छन् ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा९च ७६३२ नम्बरको कारले विपरित दिशातर्फ गईरहेको ना२१प ५५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाहाल गम्भीर घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.