भरतपुर । चितवनमा डेँगु फैलिने क्रम तीब्र भएपछि भरतपुर महानगरपालिका सडकमा ओर्लिएको छ । महानगरको आयोजनामा शनिबार सचेतना ¥याली आयोजना गरिएको हो ।
जनचेतना अभियानअन्तर्गत महानगर कार्यालय परिसरबाट बृहत् जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । प्रभातफेरी, शहीदचोक, कमलनगर, न्युरोड हुँदै पुलचोक र त्यहाँबाट पोखराबसपार्कमा पुगी कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले डेँगु नियन्त्रणको लागि सबैभन्दा सजिलो उपाय नै हरेक नागरिक सचेत हुनुपर्ने बताउनुभयो । उहाँले घर, टोल, छिमेकमा पानी जम्न दिन नहुने र यसको केही लक्षण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गई परीक्षण गर्न सुझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले डेँगु नियन्त्रण र रोकथाममा सबै नागरिकको बराबरी दायित्व रहेको बताउँदै यसको रोकथामका लागि खोज र नष्ट अभियान थाल्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै नगरवासीको साथ र सहकार्य भए यसलाई महामारीको रुपमा फैलिन नदिईने बताउनुभयो । डेँगुको न्यूनीकरणमा महानगर निकै चनाखो रहेको उहाँले बताउनुभयो । उहाँले हरेक घरघर टोलटोललाई सक्रिय बनाएर यो अभियानमा सबैलाई सहभागी बनाएर यसलाई रोकथाम गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, सर्वसाधारण नगरवासीको सहभागिता रहेको थियो ।
चितवनमा डेँगु र स्क्रबटाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका छन् । कार्यालयका अनुसार साउन यता डेँगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रबटाइफसका कारण एक युवाको मृत्यु भएको छ । डेंगु र स्क्रबटाइफस दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षमा एक हजार ३५६ जनाको रक्त परीक्षण गरिएकोमा ४५० जनामा डेँगुको संक्रमण देखिएको हो ।