सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वरिष्ठ साहित्यकार भडारीको निधन


  •    न्युजभित्तो/१८ पुष २०७८, आईतवार १३:०७ 
  • मङ्गलबारे, १८ पुस । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उहाँको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोे छ । स्व. भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उहाँका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ (सहलेखन), ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनाँै चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएकोे साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो । ।

    साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत हुनुभएको भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भइसक्नुभएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो । स्व भडारीलाई इलाम संस्कृति प्रतिष्ठानले अभिनन्दनसमेत गरिसकेको छ । आफ्नो थर भडारी लेख्नुभएकाले उहाँका परिवारले समेत भडारी नै लेख्ने गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.