चितवन । रोटरी क्लव अफ नारायणी मिड टाउनले एक कार्यक्रमक बीच भरतपुर– ११ स्थित नारायणी इङ्लिस पव्लिक स्कुललाई रोटरीको चार सूत्रिय कसि हस्तान्तरण गरेको छ । के सत्य कुरा यहि हो त ?, के यसबाट कसैलाई अन्याय पर्दैन त ?, के यसले मैत्री र सद्भाव वढाउला त ?, के यसले सवैको हित गर्ला त ? भन्ने वाक्य लेखिएको चार सूत्रिय कसि आज हस्तान्तरण गरिएको हो ।
क्लवका अध्यक्ष आशिष भण्डारीले विद्यालयका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनाललाई सो चार सूत्रिय कसि हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा क्लवका अध्यक्ष आशिष भण्डारीले क्लवमा आवद्ध व्यक्तिहरुको संलग्नता रहेको संस्थामा उक्त चार सूत्रिय कसि हस्तान्तरण गर्ने अभियान अन्तरगत पहिलो पटक नारायणी इङ्लिस पव्लिक स्कुललाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
आगामी दिनमा अन्य संस्थाहरुमा पनि चार सूत्रिय कसि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिने भण्डारीले बताउनु भयो । विद्यालयका अध्यक्ष एवं प्रबन्ध निर्देशक खनालले रोटरीको चार सूत्रिय कसिलाई ध्यानमा राखेर काम गर्ने बताउनु भयो ।