सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय हुने, कुन संगठनबाट कति थपिए


  •    /१३ भाद्र २०७६, शुक्रबार १८:४१ 
  • काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

    बैठकमा अनेरास्ववियुका इन्चार्ज हितमान शाक्य, सह–इन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर र सह–संयोजक रञ्जित तामाङ उपस्थित थिए । बैठकले एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट १५५ जना रहने निर्णय गरेको छ । बैठकले सङ्गठनको एकताको बाँकी काम सक्नका लागि तीन समितिसमेत गठन गरेको छ ।

    अनेरास्ववियुका संयोजक ऐन महरको संयोजकत्वमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह रहनु भएको छ । यसैगरी विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङ संयोजक तथा सुनिता बराल र समिक वडाल सदस्य रहनुभएको छ । आर्थिक तथा कार्यालय व्यवस्थापन उपसमितिको संयोजक उत्तम अधिकारी तथा सदस्यमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहनुभएको छ ।

    बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिनुभयो । एकताको केन्द्रीय समितिको पहिलो बैठक भदौ ३१ र असोज १ गते बस्नेछ । एकता पछि अनेरास्ववियुले बिहीबारदेखि कार्यालय सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.