सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चारमाध्यमले आवाजविहीनको आवाज बोल्नुपर्छ : मन्त्री थापा


  •    /१२ भाद्र २०७६, बिहीबार २२:०४ 
  • काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, दलितलगायत आवाजविहीनको आवाजलाई सञ्चारका माध्यमद्वारा उजार गर्न अपिल गर्नुभएको छ ।

    नेपाल पत्रकार महासङ्घ, महिला समितिद्वारा आज काठमाडौँमा आयोजित ‘महिला नेतृत्व र सञ्चार’ विषयक अन्तरक्रिया तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राष्ट्र विकासमा सञ्चार माध्यमको अहम भूमिका हुने बताउनुभयो । मन्त्री थापाले राज्यले महिलाका निम्ति प्रदान गरेको हकअधिकारलाई सञ्चार माध्यममार्फत उजागर गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राज्यलाई यथार्थ विषयमा झक्झक्याउन तथा जनतालाई सही सूचना दिनसमेत पत्रकारलाई आग्रह गर्नुभयो ।

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संविधानले व्यवस्था गरेको अधिकारलाई कार्यान्वयनमा जोड दिन पत्रकारसँग आग्रह गर्नुभयो । उहाँले महिला अधिकारलाई स्थापित गर्न महिला पत्रकारको भूमिकाबारे चर्चा गर्नुभयो । पूर्वमन्त्री एवम् समाजवादी पार्टीकी नेतृ हिसिला यमीले महिला गतिशिलताका आधारमा सबैभन्दा बढी क्रियाशिल महिला पत्रकार रहेको भन्दै समाजमा रहेको विकृति विसङ्गतिलाई उजागर गर्न आग्रह गर्नुभयो । राष्ट्रियसभाका सांसद धना खतिवडाले महिला नेतृत्वका लागि समाजका हरेक क्षेत्रमा उनीहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सदस्य रेणु चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ मिना भेटवाललगायतले महिला अधिकारका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले संविधानले दिएको प्रेस स्वतन्त्रतासम्बन्धी अधिकार विपरीत सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाउनुभयो । नेपाल पत्रकार महासङ्घ, महिला समिति संयोजक लक्ष्मी पुन, केन्द्रीय सदस्यद्वय सृजना अर्याल र जानुका बरालले महिला पत्रकारको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.