सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्किँदा ११ घाईते


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १७:०८ 
  • चितवन, १० पुस । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा आज शनिबार बस र ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाईते भएका छन् । वीरगञ्जबाट काठमाण्डौ तर्फ गई रहेको बा ३ ख ९६७९ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना ६ ख ५८६६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले न्यूजभित्तोलाई दिएको जानकारी अनुसार घाईते १० जनाको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) र ट्रकका चालकको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    भरतपुर महानगरपालिका वडा नं. २९ स्थित भतेरी जंगलमा दिउँसो २ः४५ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनापछि अवरुद्ध रहेको सडक ३ः५ बजेबाट नियमित भएको छ । क्रेनको सहायता दुर्घटनामा परेका सवारी हटाएर यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.