चितवन । भरतपुर–११ स्थित नारायणी इङ्लिस पब्लिक कलेजको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कलेजमा नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन् । कक्षा १२ का विद्यार्थी सुरज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनाल प्रमुख अतिथि रहनु भएको थियो ।
उक्त कार्यक्रममा कलेजका व्यवस्थापन तथा मानविकी सङ्काय प्रमुख अरुणेश्वर खनाल, विज्ञान सङ्काय प्रमुख जनकराज घिमिरे, शिक्षक प्रतिनिधि दिपेन्द्र पौडेल, प्रिन्सिपल वेदराज न्यौपानेलगायतले आफ्ना भनाई राख्दै कलेजका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रमका कलेजकी निर्देशक अनिता खनालले नवआगन्तुक विद्यार्थीहरुलाई पुष्पगुच्छासहित अविर लगाएर स्वागत गर्नु भएको थियो । कक्षा १२ का विद्यार्थीको तर्फबाट विपिन घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । एक हजार भन्दा बढि विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको औपचारिक सत्रको सहजीकरण प्रदिप पौडेलले गर्नु भएको थियो भने साङ्गितिक कार्यक्रमको सहजीकरण मनोज गौतम र सगुन न्यौपानेले गर्नु भएको थियो ।