सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभापति रावलद्वारा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश


  •    /१२ भाद्र २०७६, बिहीबार १७:०५ 
  • काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले प्रतिवेदन पेश गर्दै पक्ष–विपक्षको हेराइ, बुझाइ र सोचाइभन्दा माथि उठेर समितिले काम गरेको तथा प्रतिवेदन तयार गरेको स्पष्ट पार्नुभयो ।

    समितिको पहिलो बैठक २०७५ साउन २२ गते बसेको थियो । आव २०७५/७६ को अन्त्यसम्म समितिका ३७ बैठक सम्पन्न भएको थियो । समितिले पाँच मन्त्रालयसित सम्बन्धित २१ राष्ट्रिय गौरवका आयोजनालाई अझ प्रभावकारी बनाउन छलफल गरेको थियो । साथै सातै प्रदेशमा प्रादेशिक अन्तरक्रियासमेत सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले मन्त्रालय एवम् निकायगत कार्यक्षेत्र व्यवस्था हुनुपर्ने र कार्यक्षेत्रका विषय स्पष्ट हुनुपर्ने सुझाव दिएको छ ।

    समितिका लागि प्रविधिमैत्री सभा कक्ष निर्माण गर्नुपर्ने, समितिको स्थलगत अनुगमनलगायत अन्य महत्वपूर्ण संसदीय गतिविधिका लागि तत्काल खर्चको कार्यविधि निर्माण गर्नुपर्ने, हरेक मन्त्रालयमा संसदीय कक्ष स्थापना गरी समिति र मन्त्रालयबीच निरन्तर संवाद र समन्वय प्रक्रिया थालनी गर्नुपर्ने, समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयनको प्रतिबद्धता आउनुपर्ने र कार्यान्वयनको अवस्थाका बारेमा समितिलाई समयसमयमा जानकारी दिनुपर्ने पनि समितिले सुझाव दिएको छ ।

    समितिका सदस्यमा इन्दु कडरिया, खिमलाल भट्टराई, जीवन बुढा, धनकुमारी खतिवडा, रमेशप्रसाद यादव, रामचन्द्र राई, सुरेन्द्रराज पाण्डे, कोमल ओली, खेमराज नेपाली, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, राजकुमार कुँवर र रामप्रीत पासवान हुनुहुन्छ । यसैगरी बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.