पुलबाट नारायणीमा हाम फालेकी महिलाको भरतपुर अस्पतालमा मृत्यु
न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १७:२४
चितवन, ९ पुस । नारायणगढस्थित नारायणी पुलबाट नदीमा हात फालेकी महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) मध्यान्ह १२ः५५ बजेको समयमा अन्दाजी १८ वर्षिया महिलाले नदीमा हात फालेकी थिईन् । घटना लगत्तै पुगेको प्रहरीले उनको जीवितै उद्धार गरी भरतपुर अस्पताल ल्याएको थियो । उनको भरतपुर अस्पतालमा उपचारकै क्रममा १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृत महिलाको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।