सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा डेङ्गु र स्क्रवटाइफसबाट तीन जनाको मृत्यु, साउनयता ४३३ जनामा डेङ्गुको सङ्क्रमण


  •    /११ भाद्र २०७६, बुधबार २१:२७ 
  • चितवन । चितवनमा डेङ्गु र स्क्रवटाइफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् ।

    कार्यालयले साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

    केसीका अनुसार डेङ्गुको कारण मृत्यु हुनेमा भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्ग निवासी एकजना ७१ वर्षीय पुरुष रहेका छन् । यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रवटाइफस र भरतपुर महानगरपालिका शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

    जिल्लामा यतिबेला डेङ्गुको सङ्क्रमणको प्रकोप देखिएको छ। साउनयता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको कीट नियन्त्रक केसीले जानकारी दिनुभयो । अझै यसको सङ्क्रमण बढ्दो सङ्ख्यामा रहेको उहाँले बताउनुभयो । सङ्क्रमितहरुमा चितवनमा सबैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका–१, २, ३, ४, १०, ११ र १२ बढी सङ्क्रमित देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    जिल्लामा स्क्रवटाइफसको सङ्क्रमण पनि बढेको देखिएको छ । साउनयता ५०६ जनाको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको सङ्क्रमण देखिएको छ ।

       के हो डेङ्गु ?

    डेङ्गु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेङ्गु भाइरस १,२,३,४ भनिन्छ ।

    एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ । यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ।यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ। पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ। आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ ।

       के हो स्क्रबटाइफस ?

    स्क्रबटाइफस एक किसिमको किर्नाले टोकेर लाग्ने रोग हो । यो रोग मुसामा पाइने किर्नाबाट सर्छ । संक्रमित किर्नाले टोक्यो भने मानिसमा स्क्रबटाइफस हुन्छ । जहाँ मुसाको संख्या धेरै हुन्छ, त्यहाँ यो रोग सर्न सक्ने सम्भावना रहन्छ । यो रोग धेरैजसो गाउँघरमा देखिने गरेको पाइन्छ ।

    यो रोग लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने, शरीरमा विमिरा देखिने, श्वासप्रश्वासमा कहिलेकाहीँ अवरोध आएजस्तो हुन्छ । शरीरको जुन भागमा किर्नाले टोकेको हुन्छ, त्यहाँ बसेको खत कालो हुँदै जान्छ । पछि त्यो खत पाप्रो भएर झर्छ । सबैमा यो प्रारम्भिक लक्षण देखिन्छ भन्ने हुँदैन, तर पछि महत्वपूर्ण अंगहरूमा असर पार्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.