सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ मुग्लिन सडकखण्डमा तीन नयाँ पुल निर्माण सम्पन्न


  •    /११ भाद्र २०७६, बुधबार १२:२६ 
  • चितवन । नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

    नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इन्जिनियर रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका हुन् । ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभयो । निर्माणको चरण सकिएकाले सवारीसाधन गुड्न थालेका उहाँले बताउनुभयो ।

    औपचारिक रुपमा पुल सम्पन्न हुन र उद्घाटन हुन भने केही समय लाग्ने विसुरालले जानकारी दिनुभयो । ती पुल लामा कन्स्ट्रक्सनले निर्माण गरेको हो । सँगै सोही सडकको जलवीरेमा रौताहा कन्स्ट्रक्सनले निर्माण थालेको पुल भने ३५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

    विसुरालका अनुसार सो पुलको पहिरोलगायतका कारण काममा कठिनाइ भएकाले आउँदो डिसेम्बरसम्म समय थप गरिएको छ । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ, फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भएको हो । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर रहेको छ ।

    जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड छ । सो सडक खण्डमा अझै १५ पुल निर्माण गर्नुपर्ने हुन्छ । ती पुल निर्माणका लागि प्रक्रिया अघि बढिरहेको विसुरालले जानकारी दिनुभयो । ती पुल २०७४ साल कात्तिकमा २२ महीनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।

    सो सडकखण्डको गत वर्ष विस्तारको काम सम्पन्न भएको हो । सडक ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल छ मिटर मात्र चौडा रहेकाले सबै पुल नयाँ निर्माण गर्नुपर्ने भएको हो । पहिलो चरणमा चारवटा पुल निर्माणको ठेक्का लगाइएको थियो । बाँकी पुल डिजाइनसहित ठेकेदारले बनाउने गरी ठेक्का दिइँदै छ । सो सडक हुँदै दैनिक १० हजार सवारीसाधन गुड्ने गर्दछन् ।
    राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.