सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कटारीकी उपमेयरको घोषणा : सुविधाको गाडी किन्ने पैसाले एम्बुलेन्स


  •    /११ भाद्र २०७६, बुधबार ००:२३ 
  • गाईघाट । उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गर्नुभएको छ ।

    नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न रु ४० लाख विनियोजन गरेको थियो । सो रकम आफ््नो सुविधाका लागि गाडी नकिन्ने बरु कटारी अस्पतालमा एम्बुलेन्सको आवश्यकता रहेकोले जनताको सेवा गर्न एम्बुलेन्स किन्ने प्रस्ताव उपप्रमुख राउतले गर्नुभएको हो ।

    उपप्रमुख राउत भन्नुहुन्छ, “हामीलाई जनताले जनताको सेवक बन्न पठाएका हुन्,जनताको कर उठाएर गाडी किन्ने र चढ्ने आफूलाई रहर छैन र विनियोजित रकम बिरामीको सेवा गर्न एम्बुलेन्सको व्यवस्था गर्ने प्रस्ताव मैले गरेकी हुँ ।”

    पुरानो गाडी बिग्रिएपछि एक वर्षदेखि आफू गाडीविहीन नै रहेको भएपनि आफूलाई जनताले नगरको विकास र जनताको सेवा गर्न निर्वाचनमा विजय गराएकाले आफू गाडी नचढ्ने बरु हिँडेर नै कार्यालय र अन्यत्र स्थानमा आवतजावत गर्ने उपप्रमुख राउतले बताउनुभयो ।

    नगरपालिका बैठकले आफ्नो लागि गाडी किन्न रु ४० लाख व्यवस्था गरेकोमा रु १५ लाखको कटारी अस्पतालमा आवश्यक पर्ने एम्बुलेन्स तत्काल किन्ने प्रस्ताव गरिएको हो । बाँकी रकम कटारी–११ को बेतिनीमा पर्यटन मन्त्रालयले निर्माण शुरु गरेर छाडेको अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने आफूले नगरपालिकामा प्रस्ताव राखेको उपप्रमुख राउत बताउनुहुन्छ । उक्त प्रस्ताव नगरपालिकाबाट पारित भएको पनि उपप्रमुख राउतले बताउनुभयो ।

    कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले उपप्रमुख राउतले आफ्नो सुविधाको गाडी किन्ने रकमले अस्पतालको लागि एम्बुलेन्स व्यवस्थापन गरिदिने प्रस्ताव गर्नुभएकाले अब एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उदयपुरका आठ स्थानीय तहमध्ये धेरै नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागि यसअघिनै गाडी खरीद गरी प्रयोग गर्दै आइरहनुभएको छ । कटारीका समाजसेवी मुकेश थापाले सबै जनप्रतिनिधिले रचनात्मक काम गर्न सकेमात्र देश बन्ने धारणा व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनचाँदीकोे मूल्य बढ्यो
    समानुपातिकमा एक करोड चार लाख मतगणना
    अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा
    • प्रतिनिधिसभा सदस्य निर्वाचन: चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत
    • राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
    • आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
    • व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.