सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रहेको किसान दाना उद्योग प्रा.लि.ले किसानबाट उपभोक्तासम्म अण्डा पु¥याउँदै


  •    न्युजभित्तो/४ पुष २०७८, आईतवार १३:३५ 
  • चितवन ४ पुस । एक व्यवसायिक समूहले किसानले उत्पादन गरेको अण्डा सोझै उपभोक्तासम्म पु¥याउने सञ्जाल निर्माण गरेको छ । चितवनमा रहेको किसान दाना उद्योग प्रा.लि.ले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधै पु¥याउन शुरु गरेको हो । आफ्नो लगानीको फार्म र आफ्नो दाना उपभोग गरेका किसानको अण्डा डिपोहरुमार्फत् बिक्री अभियानलाई विस्तार गर्दै लगेको छ ।

    समूहले आफ्नै बिक्री डिपोमार्फत् बिक्री गर्ने भएपछि विभिन्न तहमा दिनुपर्ने कमिशन बचत हुने र उपभोक्ताले भविष्यमा सस्तोमा ताजा अण्डा उपभोग गर्न पाउने भएका छन् । सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रा.लि.मा झण्डै तीन लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको समेत लगानी रहेको सो प्रा.लि.मा दैनिक एक लाख ३६ हजार वटाभन्दा बढी अण्डा उत्पादन हुन्छ । त्यति नै मात्रामा किसानबाट संकलन हुँने गरेको छ । यो संख्या बढ्ने उद्योगले जनाएको छ ।

    हाल उपभोक्ताकोमा अण्डा पुग्नु अघि फार्मबाट सप्लायर्स, डिलर, सवडिलर, साईकल र किराना पसल भएर उपभोक्ताकहाँ पुग्ने गरेको छ । किसान दाना उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलका अनुसार फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको हो । हालसम्म १० वटा डिपो सञ्चालन ल्याईएको छ । उहाँले भन्नुभयो “देशका प्रमुख शहरहरुमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० वटा डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाई छ । पोख्रेलका अनुसार डिपो नभएका शहरहरुमा पनि स्थानिय डिलर मार्फत अण्डा पु¥याईदै आएको छ ।

    पोख्रेलले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो । हाल उद्योगले काठमाण्डौंको नैकाब, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँ बजार, सुर्खेतको सनिहिल लाइन, इटहरीमा बिक्रिकेन्द्र खोलेको छ ।

    ती केन्द्र मार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । १२ वटा साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमानै सबैभन्दा वढि अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौं संगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरहरुमा अण्डा बिक्रि गर्दै आएको छ ।

    उद्योगका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यका साथ काम थालिएको बताउनुभयो । उहाँका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउने छ । यस दाउन्ने समुहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग लगायतका उद्योग र उत्पादनमा लगानी रहेको छ ।

    यो समुह पाल्ट्री क्षेत्रमा देशकै सफल समूहको रुपमा चिनिन्छ । नेपालमानै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य दाउन्ने समूहले लिएको छ । हाल तीन लाख हाराहारी कुखुरा पालेको यस समुहले यो संख्या ८ लाख पु¥याउने लक्ष्य लिएको छ । अहिले दुई अर्ब भन्दा बढी लगानी भईसकेको यस समूहले पूर्णरुपमा लक्ष्य अनुसार कुखुरा पाल्दै गर्दा लगानी रु ४ अर्ब ५० करोड हाराहारी पुग्ने निर्देशक द्रोण लामिछानेले जानकारी दिनुयो । उद्योगले ह्याप्पि एग नामबाट ब्राण्डिङ गरी आकर्षक प्याकिङ्मा काठमाडौंमा बिक्री गर्दै आएको छ । यस्तै पोखरा र सुर्खेतमा पनि ब्राण्डिङ गरेको ह्याप्पि एग बिक्री गर्ने लामिछानेले जनाकारी दिनुभयो ।

    यसैबीच आज काठमाण्डौंको वनस्थली र नैकापमा आजबाट डिपो शुरु गरिएको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले वनस्थली र नैकाप डिपोको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले घरदैलोमा ताजा सस्तोमा अण्डा पु¥याउने किसान दानाको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा अण्डा उत्पादक संघका महासचिव प्रविण केसी, किसान दाना उद्योग प्रा.लि.का अध्यक्ष रघुनाथ भट्ट, कार्यकारी निर्देशक बिनोद पोखरेल, निर्देशक द्रोण लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.