पूर्व–पश्चिम राजमार्गको वसन्तचोकमा अवरुद्ध यातायात नियमित
भरतपुर, २ पुस । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग नियमित भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ः४५ बजेबाट राजमार्ग नियमित भएको हो ।
पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट अन्दाजी २ वर्षिया बालिकाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने बालिकाको नाम, थर, वतन खुल्न सकेको छैन ।
तपाईको प्रतिक्रिया










