सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड’ स्थगित


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १२:०७ 
  • काठमाडौं,२ पुस। ‘मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

    मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

    यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको थियो । यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि पुएर्तोमा वर्कसप गरिरहेका थिए ।

    शुरुमा सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि अन्यको परीक्षण गर्दा पनि कोरोना देखिएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो ।

    प्रतियोगितामा भाग लिनका लागि नेपालबाट मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि अमेरिका पुगिसकेकी छन् । अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई आफ्नो देश फर्काउने तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.