सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुभचिन्तककाबीच रवि लामिछानेले भने– ‘सर्पले ठुङ्न मात्र सक्छ, हामीसँग धेरै विकल्प छन्’


  •    /१० भाद्र २०७६, मंगलवार १६:०२ 
  • नारायणगढ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको मुद्धामा अदालतको आदेशले धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले सभा गरेरै आफ्ना शुभेच्छुक, शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

    नारायणी नदी किनारको मैदानमा आज दिउँसो आयोजित कार्यक्रममा उनीहरुले आफ्ना शुभेच्छुक, शुभचिन्तकहरुलाई धन्यवाद दिएका हुन् । हजारौँ शुभचिन्तककाबीच उनीहरुले सधैँ नागरिकको पक्षमा अडिग रहेर सञ्चारकर्ममा खटिरहने प्रतिबद्धता जनाए । पक्राउ परेदेखिनै उनीहरुका शुभेच्छुकहरुले रिहाईको माग राख्दै चितवनमा लगातार प्रदर्शन जारी राखेका थिए ।

    सञ्चारकर्मी लामिछानेले आफुहरुलाई माया गर्ने नागरिकको शीर झुक्न नदिई नागरिकका आवाज बुलन्द पार्ने बताए । उनले राजनीतिक नेतृत्वको इमान्दारीतामा कञ्जुस्याइँ रहेकोले सञ्चारकर्मीहरुले उनीहरुलाई सचेत बनाउनुपर्ने धारणा राखे । लामिछानेले सम्मानित अदालतको आदेश शिरोधार्य गर्ने पनि बताए ।

    लामिछानेले अदालतले आफुलाई एउटा विषयमा मात्रै नबोल्नु भनेको र देशमा धेरै बेथिति रहेकाले आफ्नो टेलिभिजन कार्यक्रमको आवाज यसअघि भन्दा अझै बुलन्द हुने बताए ।

    उनले सांकेतिक रुपमा भने– ‘सर्पले ठुङ्न मात्र सक्छ, तर हामीसँग लौरोले हिर्काउने, लात्ताले हान्ने जस्ता धेरै विकल्प छन् ।’

    ‘मलाई के जरुरत थियो यस्ता घिनलाग्दा मानिसहरुसँग लड्ने, टेलिभिजन कार्यक्रममा बोल्ने मेरो आवाज होइन तपाईंहरुको आवाज हो’ लामिछानेले भने ।

    उनले भनेका छन् – यो शुरुवात मात्र हो, अन्त्य होइन ।

    उनले आउने शनिबारबाट आफ्नो सीधा कुरा जनतासँग कार्यक्रम शुरु गर्ने बताए ।

    कार्यक्रममा अर्का पत्रकार युवराज कँडेलले आफ्ना दर्शकका आशामाथि विश्वासघात नगर्ने बताए । उनले पत्रकारिताको धर्मबाट पछाडि नहट्ने र सधैँ जनताको पक्ष लिइरहने प्रतिवद्धता जनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.