राजनीतिमा जाने ढोकामा चुकुल लागेको छ, ताल्चा लागेको छैन : रवि लामिछाने
/१० भाद्र २०७६, मंगलवार ११:५९
भरतपुर । अदालतको आदेशपछि रिहा हुनु भएका रवि लामिछानेले राजनीतिमा जाने ढोकामा ताल्चा नलागेको बताउनु भएको छ । मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले समयले राजनीतितर्फ पनि लैजान सक्ने संकेत गर्नुभयो ।
उहाँले भन्नुभयो “समयले कुन मोड लिन्छ, राजनीतिमा जाने सम्भावनाको ढोकामा चुकुल मात्रै लागे छ, ताल्चा लागेको छैन । आफूलाई सञ्चारकर्मी बनेर खबरदारी गर्न दिन आग्रह गर्दै उहाँले भन्नुभयो “बेथिति र विसंगतिलाई पर्दाफास गर्ने क्षमताको विकास होस् किन गर्नु पर्छ र राजनीति ?” उहाँले प्रश्न गर्दै अगाडि भन्नुभयो “जति गर्दा पनि केही लागेन भने राजनीति विकल्प नै होइन, त्यसको बाटो नै छैन म भन्दिन ।”
यतिबेला अझै जिम्मेवार भएर बखरदारी गर्ने कार्यमा आफूलाई व्यस्त गराउन चाहने बताउँदै भन्नुभयो “केही समय आफू यसैमा खबरदारी गर्न चाहन्छु । सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउने पहिलो प्रथामिकता रहेको उहाँले बताउनुभयो । न्याय नपाएका मान्छे जाने कहाँ ? भन्दै उहाँले आफ्नो खबरदारी अझै सशक्त बन्ने बताउनु भयो ।
अब नेतृत्वलाई निर्वाचनपछि आफ्नो वस्तिमा कस्तो परिवर्तन आयो भन्ने सचेत गराउन आफुलाई अझै उर्जा मिलेको उहाँको भनाई थियो । आफुहरुप्रति जनताको विश्वास देखेर उत्साहित भएको भन्दै उहाँँले भन्नुभयो “सत्य, तथ्य र न्यायको पक्षमा वकालत गरेमा मात्रै पुग्दो रहेछ ।”
आफ्नो व्यक्तिगत रुपमा कसैसँग दुस्मनी नरहेको बताउँदै उहाँले भन्नुभयो “मलाई भन्न नै बाँकी के छ र ?” आफूलाई धेरै आरोपहरु लाग्ने गरेको बताउँदै उहाँले एउटा पनि आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । उहाँले आफूलाई आरोप प्रमाणित गर्न र आरोपै लगाउन पनि आफ्नो कार्यक्रममा स्थान दिने बताउँदै भन्नुभयो “आरोपै लगाउँनु छ भने सामन्नु अगाडि आएर लगाउनुहोस् । तपाईलाई मेरो कार्यक्रममा स्थान दिन्छु ।” कतिपयले आफूलाई पत्रकार भन्ने पनि नसकेको बताउँदै उहाँले भन्नुभयो “गरिब जनताका आवाज राष्ट्रिय मिडियामा उठाउँदा पत्रकार बनिंदैन भने मलाई पत्रकार बन्नु छैन ।”
यो पेशामा बसेर आर्थिक उपार्जन गर्न आफू नआएको बताउँदै उहाँले कमाउनु परेमा यो पेशा छाडेर व्यापार व्यवसायमा लाग्ने उहाँले बताउनुभयो । पत्रकारिता पेशाको मर्यादा जोगाउने जिम्मेवारी पनि आफूमा आएको बताउँदै उहाँले थोरै भए पनि आफू र आफ्नो टिमले पत्रकारिता पेशाको शिर उचो बनाएको दावी गर्नुभयो ।
आफू प्रहरी नियन्त्रणमा रहेको समयमा शान्तिपूर्ण दवावमा सहभागी, सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिंदै उहाँले आम दाजुभाई दिदी बहिनीको यो भावनालाई मर्न नदिने बचनबद्धता व्यक्त गर्नुभयो । आफुलाई न्यायको जरुरत पर्दा सडकमा आएर साथ दिनेहरुप्रति उहाँले आभार व्यक्त गर्नु भयो ।
अदालती मुद्दाका विषयमा कुनै प्रश्न नगर्न आग्रह गर्दै उहाँले अदालतको निर्णयको सम्मान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अदालतको आदेश शिरोधार्य गर्दै अगाडी बढ्छु ।”
११ दिनको हिरासत बसाईले नयाँ अनुभव सिकाएको बताउँदै उहाँले हिरासत भित्रका गतिविधिहरु पनि जानकारी भएको बताउनुभयो । हिरासतको बसाईमा सर्वसाधारणलाई कसरी फसाईदो रहेछ भन्ने विषयमा समेत ज्ञान भएको उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा उहाँका समर्थकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन भनिए पनि समर्थकहरुको प्रश्नको उत्तर दिंदा नै लामिछानेलाई भ्याननभ्याई भएको थियो ।
साउन २० गते नारायणगढको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोवाईलमा मृत्यु अघिको भिडियोमा मर्नुको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए । सोमबार अदालतको आदेश पछि लामिछाने र कँडेल धरौटीमा र कार्की सादा तारेखमा रिहा भएका हुन् । उनीहरुको असोज ५ गते तारेख तोकिएको छ ।
भरतपुर । अदालतको आदेशपछि रिहा हुनु भएका रवि लामिछानेले राजनीतिमा जाने ढोकामा ताल्चा नलागेको बताउनु भएको छ । मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले समयले राजनीतितर्फ पनि लैजान सक्ने संकेत गर्नुभयो ।
उहाँले भन्नुभयो “समयले कुन मोड लिन्छ, राजनीतिमा जाने सम्भावनाको ढोकामा चुकुल मात्रै लागे छ, ताल्चा लागेको छैन । आफूलाई सञ्चारकर्मी बनेर खबरदारी गर्न दिन आग्रह गर्दै उहाँले भन्नुभयो “बेथिति र विसंगतिलाई पर्दाफास गर्ने क्षमताको विकास होस् किन गर्नु पर्छ र राजनीति ?” उहाँले प्रश्न गर्दै अगाडि भन्नुभयो “जति गर्दा पनि केही लागेन भने राजनीति विकल्प नै होइन, त्यसको बाटो नै छैन म भन्दिन ।”
यतिबेला अझै जिम्मेवार भएर बखरदारी गर्ने कार्यमा आफूलाई व्यस्त गराउन चाहने बताउँदै भन्नुभयो “केही समय आफू यसैमा खबरदारी गर्न चाहन्छु । सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउने पहिलो प्रथामिकता रहेको उहाँले बताउनुभयो । न्याय नपाएका मान्छे जाने कहाँ ? भन्दै उहाँले आफ्नो खबरदारी अझै सशक्त बन्ने बताउनु भयो ।
अब नेतृत्वलाई निर्वाचनपछि आफ्नो वस्तिमा कस्तो परिवर्तन आयो भन्ने सचेत गराउन आफुलाई अझै उर्जा मिलेको उहाँको भनाई थियो । आफुहरुप्रति जनताको विश्वास देखेर उत्साहित भएको भन्दै उहाँँले भन्नुभयो “सत्य, तथ्य र न्यायको पक्षमा वकालत गरेमा मात्रै पुग्दो रहेछ ।”
आफ्नो व्यक्तिगत रुपमा कसैसँग दुस्मनी नरहेको बताउँदै उहाँले भन्नुभयो “मलाई भन्न नै बाँकी के छ र ?” आफूलाई धेरै आरोपहरु लाग्ने गरेको बताउँदै उहाँले एउटा पनि आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । उहाँले आफूलाई आरोप प्रमाणित गर्न र आरोपै लगाउन पनि आफ्नो कार्यक्रममा स्थान दिने बताउँदै भन्नुभयो “आरोपै लगाउँनु छ भने सामन्नु अगाडि आएर लगाउनुहोस् । तपाईलाई मेरो कार्यक्रममा स्थान दिन्छु ।” कतिपयले आफूलाई पत्रकार भन्ने पनि नसकेको बताउँदै उहाँले भन्नुभयो “गरिब जनताका आवाज राष्ट्रिय मिडियामा उठाउँदा पत्रकार बनिंदैन भने मलाई पत्रकार बन्नु छैन ।”
यो पेशामा बसेर आर्थिक उपार्जन गर्न आफू नआएको बताउँदै उहाँले कमाउनु परेमा यो पेशा छाडेर व्यापार व्यवसायमा लाग्ने उहाँले बताउनुभयो । पत्रकारिता पेशाको मर्यादा जोगाउने जिम्मेवारी पनि आफूमा आएको बताउँदै उहाँले थोरै भए पनि आफू र आफ्नो टिमले पत्रकारिता पेशाको शिर उचो बनाएको दावी गर्नुभयो ।
आफू प्रहरी नियन्त्रणमा रहेको समयमा शान्तिपूर्ण दवावमा सहभागी, सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिंदै उहाँले आम दाजुभाई दिदी बहिनीको यो भावनालाई मर्न नदिने बचनबद्धता व्यक्त गर्नुभयो । आफुलाई न्यायको जरुरत पर्दा सडकमा आएर साथ दिनेहरुप्रति उहाँले आभार व्यक्त गर्नु भयो ।
अदालती मुद्दाका विषयमा कुनै प्रश्न नगर्न आग्रह गर्दै उहाँले अदालतको निर्णयको सम्मान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अदालतको आदेश शिरोधार्य गर्दै अगाडी बढ्छु ।”
११ दिनको हिरासत बसाईले नयाँ अनुभव सिकाएको बताउँदै उहाँले हिरासत भित्रका गतिविधिहरु पनि जानकारी भएको बताउनुभयो । हिरासतको बसाईमा सर्वसाधारणलाई कसरी फसाईदो रहेछ भन्ने विषयमा समेत ज्ञान भएको उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा उहाँका समर्थकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन भनिए पनि समर्थकहरुको प्रश्नको उत्तर दिंदा नै लामिछानेलाई भ्याननभ्याई भएको थियो ।
साउन २० गते नारायणगढको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोवाईलमा मृत्यु अघिको भिडियोमा मर्नुको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए । सोमबार अदालतको आदेश पछि लामिछाने र कँडेल धरौटीमा र कार्की सादा तारेखमा रिहा भएका हुन् ।
उनीहरुको असोज ५ गते तारेख तोकिएको छ ।