सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीद्वारा भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता


  •    /९ भाद्र २०७६, सोमबार २३:३१ 
  • काठमाडौँ । स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरी टेलिप्रिन्जेन्समार्फत आज मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ ।

    नेपालको इतिहासमै पहिलो पटक प्रयोग भएको यस प्रकारको अभ्यासका लागि यसअघिको मन्त्रिपरिषद्को बैठकले कार्यविधि परिवर्तन गरी प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहँदा भिडियो कन्फरेन्समार्फत बैठकको अध्यक्षता गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली यही भदौ ५ गते त्यसतर्फ जानुभएको थियो ।

    प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कामको कार्यभार सम्हाल्ने जिम्मेवारी तोकिनुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलेको बैठकमा प्रधानमन्त्री ओलीलाई कार्यसूचीबारे जानकारी गराएर आवश्यक निर्देशन लिनुभएको थियो ।

    यसैबीच, बैठकपछि ट्विट गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र प्राविधिकको सहयोगमा टेलिप्रिन्जेन्समार्फत बैठक सम्पन्न भएकामा सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । मन्त्रिपरिषद्का निर्णयबारे हरेक बिहीबार नेपाल सरकारका प्रवक्ताले सार्वजनिक जानकारी दिनुहुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
    • प्रक्षेपणअनुसार बाढीको खतरा छैन: विभाग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.