सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुससँग कोभिड–१९ खोपका लागि पत्राचार


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १३:५६ 
  • काठमाडौँ, २८ मङ्सिर ।  नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।

    विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो । रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिष्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा रोशन पोखरेलले राससलाई जानकारी दिनुभयो ।

    पत्रमा भनिएको छ, ”कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सहायताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौं, नेपाल सरकारले विभिन्न कम्पनीद्वारा उत्पादित खोप लिने नीति लिएको छ । यो खोप विश्व स्थास्थ्य सङ्गठनको मापदण्ड अनुरुप हुनुपर्नेछ ।”

    राष्ट्रिय खोप सल्लाहकार समिति, स्वास्थ्य सेवा विभागको सिफारिशअनुरुप खोपसम्बन्धी थप कागजात एवं दस्तावेज उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्दै कागजात प्राप्त भएपछि समिति समक्ष प्रस्ताव गरिने विषय पत्रमार्फत उक्त कम्पनीलाई जानकारी गराइएको छ ।

    पत्रमा भनिएको छ,“नेपालमा हाल कोभिड–१९ नियन्त्रणमा रहेको र विश्वमा पनि सङ्क्रमण नियन्त्रणमा होस् भन्ने नेपाल चाहना राख्छ ।”रुसी सरकारी अनुसन्धान संस्था ‘गामालिया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’द्वारा उत्पादित खोप स्पुतनि–भी खरिद प्रक्रिया र नेपालमै उत्पादन सम्भावनाको जानकारी माग गरिएको बताइएको छ ।

    रुसमा रहेका नेपालीको सहयोग र सम्पर्कका आधारमा उत्पादक संस्था गामालियाले नेपाल सरकारसँग समन्वय गरेपछि नेपाली संस्था रियालन्स ट्रेड एण्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले हाल सहजीकरण गरिरहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.