रवि लामिछाने र युवराज कँडेल धरौटी बुझाएर रिहा भए, तर यी काम गर्न रोक लगाइयो (अपडेट)
/९ भाद्र २०७६, सोमबार १९:५२
चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा गर्न आदेश दिएपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल अहिले अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले पाँच लाख र कँडेलले तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । अस्मिता भनिने रुकु कार्कीलाई भने अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भनि परेको मुद्धामा अदालतले सो आदेश दिएको हो । तिनैजनाको बयान सकिएलगत्तै भएको थुनछेक बहसपछि जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा दुई जनालाई धरौटी लिएर र एक जनालाई शुद्ध तारेखमा रिहा गर्न आज आदेश दिएको हो ।
अदालतको आदेशसँगै रवि, युवराज र अस्मिता अब जेल बाहिर बसेर यो मुद्धा लड्नेछन् । उनीहरुले अब महिनैपिच्छे तारेख धाएर मुद्धा लड्नुपर्ने छ । अदालतले रविलाई सबैभन्दा बढी धरौटी तोक्नुले उनलाई घटनामा मुख्य दोषी मानेको छ । अदालतमा विचाराधीन मुद्धा भएकोले यसबारे उनले आफ्नो टेलिभिजन कार्यक्रममा तथा सार्वजनिक सञ्चार माध्यममा केही बोल्न पाउने छैनन् । अदालतले उनीहरुले विदेश जान अनुमति लिनुपर्ने शर्त पनि राखेको छ ।
आदेशको पुरक खण्डमा लामिछाने र कँडेलले सञ्चालन गर्दै आएको जनतासँग सिधा कुरा कार्यक्रम मुद्दासँग सम्बन्धित भएकोले मुद्दाको टुंगो नलागेसम्म प्रस्तुत मुद्दाको विषय वस्तुलाई समावेश गरेर कुनै कार्यक्रम गर्न रोक लगाईएको छ । आदेशमा भनिएको छ “अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका पक्ष, सम्बन्धित साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरु, प्रमाणको रुपमा वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाका बारेमा कुनै पनि विषयवस्तु सङ्कलन गरी मुद्दाको विश्वसनीयतामा असर पु¥याउने उद्देश्यले अदालत भन्दा बाहिर कुनै पनि सार्वजनिक कार्यक्रम गर्ने, टेलिभिजन कार्यक्रम प्रसारण गर्ने, लाईभ, ट्वीटर, यूटुव, सामाजिक सञ्जाल एवम् अन्य सार्वजनिक सञ्चारमाध्यममा विचार वा प्रतिक्रिया स्वदेश वा विदेशमा व्यक्त गर्न पाईने छैन ।”
तत्काल प्राप्त प्रमाणको आधारमा आदेश गरिएको उल्लेख गरिएको छ । पछि साक्षी र बकपत्रहरुको आधारमा कानुन बमोजिम फैसला हुने अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।
त्यसैगरी औषधिउपचारको लागि विदेश जानु परेमा चितवन जिल्ला अदालतको लिखित रुपमा पूर्व अनुमति लिएर मात्रै विदेश जान पाउने लामिछाने र कँडेललाई आदेश भएको छ ।
उक्त मुद्धामा लामिछाने र कँडेलसँग अदालतमा बयान लिने काम पनि आजै सकिएको थियो । अस्मितासँग भने हिजो बयान लिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।
गत साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंवाट पक्राउ गरेको थियो ।

Aadesh_Aatmahatya_Garna_Durushan-compressed