सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन बन्द गराउँदै हिड्ने पाँच जना पक्राउ


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १०:०६ 
  • चितवन,२८ मंसिर  । मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) खारेजीको माग राखेर चितवन बन्द गराउँदै हिडेका पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढबाट जिल्लाका विभिन्न राजनीतिक दलका कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्बर पुरी, विप्लब नेतृत्वको नेकपा माओवादीका चितवन इन्चार्ज सन्देश पौडेल, बैद्य माओवादीका धननाथ सापकोटा, बद्री अधिकारी, प्रकाश ढकाल रहेका छन् । उनिहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको नेकपा मसालका प्रवक्ता मेघराज ढकालले जानकारी दिनुभयो ।

    एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज चितवन बन्दको घोषणा गरेका थिए । शैक्षिक संस्था, कलकारखना, बजार र यातायात बन्द समेत रहेका छन् । राष्ट्रघाती एमसीसीको सरकारले पारित गर्न लागेकाले बाध्य भएर दबाब स्वरुप बन्दको आह्वान गरिएको ढकालले बताउनुभयो ।

    संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र हिजो मसाल जुलुस समेत निकालेको थियो । बन्द आह्वान गर्ने दलहरुमा माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी), विप्लब नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, मोहन बैद्य र ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनरोकार मञ्ज लगायतका १३ वटा दल रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.