सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नमुना महिला कृषक समुहको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/२६ मंसिर २०७८, आईतवार ११:४७ 
  • निरुता वि. क
    चितवन,२६ मङ्सिर । रत्ननगर अमिलियामा रहेको जनकल्याण कृषि नमुना महिला कृषक समुहको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

    समुहका अध्यक्ष उमा कुमारी सापकोटाको अध्यक्षतामा आज रत्ननगर ११ मणिखोलामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले, विशिष्ठ अतिथि चितवन जिल्ला खाद्य प्रविधि तथा गुणस्तर विभागका प्रमुख घननाथ अधिकारी, भेटेनरीे अस्पतालका तथा पशु सेवा केन्द्रका डा। दिप चन्द्र घिमिरे, रत्ननगर नगरपालिकाका पशु शाखा अधिकृत शालिकराम पौडेल, वरिष्ट उपाध्यक्ष पुजा वोहोरा, उपाध्यक्ष लिलामायाँ भट्टराई, सचिव सुनिता वगाले लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा जेष्ठ किसान पशुपति नेपाललाई दोसल्लाह ओडाई सम्मान गर्नुका साथै संस्थाका पुर्व कर्मचारी किरण खत्रीलाई विदाई गरिएको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव वगालेले पशुपालनमा चिन्तित भई पशुपालन बाट कसरी आम्दानी हुन्छ भन्ने तर्फ जोड दिनुभयो । दुधको परिकारहरुलाई बढि भन्दा बढि प्रयोग गर्ने बानिको विकास गर्नु पर्ने बताउनु भयो । साथै चितवन जिल्लाको खाद्य प्रविधी तथा गुणस्तर विभागका प्रमुख घननाथ अधिकारीले गुणस्तरीय दुध उत्पादन विक्री गर्नु पर्नेमा जोड दिदै आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

    पशुशाखा अधिकृत पौडेलले संस्थालाई आवश्यक सहयोग गर्ने तथा संस्थाको सफलताको कामना गर्नुभयो । नवर्निवाचित कोषध्यक्ष विष्णु कुमारी सुवेदि,सहसचिव सुर्यवती भट्टराई तथा सदस्यहरु निर्मला भेटवाल, रचना खनाल, पद्यमा पौडेल देवकोटा, मैया नेपाल, विष्णु मायाँ पौडेल, ज्योति आचार्य, कमला थापालाई टिका खादा लगाएर उक्त समुहमा स्वागत गरिएको थियो । साथै ,सहसचिव तथा सेयर सदस्य सुर्यवती भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति सदस्य किरण राज पौडेलले निर्वाचित भएका सम्पुर्णलाई सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको व्यवस्थापन समुहको व्यवस्थापक प्रकाश शाहले गर्नुका साथै समुहका कर्मचारी सुजन कुवंर, विर बहादुर घिमिरेले सहयोग पुराउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.