सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने पाँच लाख, युवराज कँडेल तीन लाख र अस्मिता कार्की शुद्ध तारेखमा रिहा


  •    /९ भाद्र २०७६, सोमबार १८:३३ 
  • चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्धामा सञ्चारकर्मी रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध (साधारण) तारेखमा रिहा गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भनि परेको मुद्धामा अदालतले सो आदेश दिएको हो ।

    तिनैजनाको बयान सकिएलगत्तै भएको थुनछेक बहसपछि जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा दुई जनालाई धरौटी लिएर र एक जनालाई शुद्ध तारेखमा रिहा गर्न आज आदेश दिएको हो ।

    अदालतको आदेशसँगै रवि, युवराज र अस्मिता अब जेल बाहिर बसेर यो मुद्धा लड्नेछन् । उनीहरुले अब महिनैपिच्छे तारेख धाएर मुद्धा लड्नुपर्ने छ ।

    अदालतले रविलाई सबैभन्दा बढी धरौटी तोक्नुले उनलाई घटनामा मुख्य दोषी मानेको छ । अदालतमा विचाराधीन मुद्धा भएकोले यसबारे उनले आफ्नो टेलिभिजन कार्यक्रममा केही बोल्न पाउने छैनन् । अदालतले उनीहरुले विदेश जान अनुमति लिनुपर्ने र पुडासैनी मृत्यु प्रकरणबारे कार्यक्रम बनाउन नपाइने शर्त पनि राखेको छ ।

    उक्त मुद्धामा लामिछाने र कँडेलसँग अदालतमा बयान लिने काम पनि आजै सकिएको थियो । अस्मितासँग भने हिजो बयान लिएको थियो ।

    मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
    • नगर प्रमुखको तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.