रवि लामिछाने पाँच लाख, युवराज कँडेल तीन लाख र अस्मिता कार्की शुद्ध तारेखमा रिहा
/९ भाद्र २०७६, सोमबार १८:३३
चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्धामा सञ्चारकर्मी रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध (साधारण) तारेखमा रिहा गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भनि परेको मुद्धामा अदालतले सो आदेश दिएको हो ।
तिनैजनाको बयान सकिएलगत्तै भएको थुनछेक बहसपछि जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा दुई जनालाई धरौटी लिएर र एक जनालाई शुद्ध तारेखमा रिहा गर्न आज आदेश दिएको हो ।
अदालतको आदेशसँगै रवि, युवराज र अस्मिता अब जेल बाहिर बसेर यो मुद्धा लड्नेछन् । उनीहरुले अब महिनैपिच्छे तारेख धाएर मुद्धा लड्नुपर्ने छ ।
अदालतले रविलाई सबैभन्दा बढी धरौटी तोक्नुले उनलाई घटनामा मुख्य दोषी मानेको छ । अदालतमा विचाराधीन मुद्धा भएकोले यसबारे उनले आफ्नो टेलिभिजन कार्यक्रममा केही बोल्न पाउने छैनन् । अदालतले उनीहरुले विदेश जान अनुमति लिनुपर्ने र पुडासैनी मृत्यु प्रकरणबारे कार्यक्रम बनाउन नपाइने शर्त पनि राखेको छ ।
उक्त मुद्धामा लामिछाने र कँडेलसँग अदालतमा बयान लिने काम पनि आजै सकिएको थियो । अस्मितासँग भने हिजो बयान लिएको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।