सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बचत ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १५:२२ 
  • चितवन,२४ मंसिर । भरतपुर महानगरको ९ मा रहेको सहभागी बचत ऋण सहकारी संस्थाले २ करोड ७९ लाख बढी ऋण लगानी गरेको छ । ९ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा सचिव डासिराम ढकालले प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायमा लगानी वृद्धि गर्न धेरै शेयर सदस्यले कर्जा लिएको बताए । उनका अनुसार यो वर्ष २ करोड ७९ लाख ३९ हजार ४ सय रुपैयाँ ऋण लगानी भएकोमा आगामी वर्ष करिव ४ करोड लगानी गर्ने लक्ष्य लिइएको छ ।

    नियमित मासिक बचतमा ८ प्रतिशत, बालबचतमा १० प्रतिशत, दैनिक बचतमा ६ प्रतिशत र ऋणमा १२ प्रतिशत ब्याजदर प्रदान गरेको छ । २०६९ चैतमा २९ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ९ सय २५ जना शेयर सदस्य छन् । भरतपुर महानगरको ८, ९, १० र १२ नम्बर वडालाई कार्यक्षेत्र बनाएको छ । सहभागि सहकारीको १ करोड ९० हजार ३ सय रुपैयाँ शेयर पुँजि र २ करोड २६ लाख ७९ हजार २ सय १० रुपैयाँ निक्षेप रहेको छ । अध्यक्ष सूर्यप्रसाद खनालले सीपमूलक तथा व्यवसाय लगायतका तालिम गरेर उद्यमशीलता प्रवर्द्धनका कामहरु गरिदै आएको बताए । असार मसान्तसम्म ऋण किस्ता र व्याज भुक्तान गर्न नसकेकालाई पुस मसान्तसम्म छुट दिइएको बताए । कोरोना महामारीका कारण व्यापार-व्यवसायमा मन्दी आएकाले पुस मसान्तसम्म छुट दिइएको बताए । असल बचतकर्ता रामबिलास महतो, असल ऋणी रविकुमार दराई, असल बाल क्षबचतकर्ता रामविर महतो, शेयर सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने आयुषा कँडेल र मनिष सुनार, जेष्ठ शेयर सदस्य हरिलाल रिजाल र मक्षे रेग्मीलाई सम्मानित गरिएको थियो ।

    अधिवेशनको उद्घाटन कार्यक्रममा भरतपुर-९ का वडाध्यक्ष यमलाल कँडेलले नीति र विधि अनुसार सहकारीहरु चल्नुपर्नेमा जोड दिए । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका ऋण समितिका संयोजक मिनप्रसाद सुवेदीले शेयर सदस्यको चाहना र आवश्यकता अनुसारका कार्यक्रमलाई उच्चप्राथमिकता दिनुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.