सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ : वरिष्ठ नेता पौडेल


  •    /९ भाद्र २०७६, सोमबार १५:४४ 
  • चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताउनुभएको छ । पत्रकारहरुसँग आज भरतपुरमा कुराकानीमा उहाँले सरकारप्रति जनताको विश्वास गुम्दै गएको टीप्पणी गर्दै जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।

    सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्ने र यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प नरहेको पनि नेता पौडेलको भनाई थियो । पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टीभित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेकोमासमेत उहाँले जोड दिनुभयो ।

    नेता पौडेलले भन्नुभयो, “राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष–विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन ।”

    फरक प्रसङ्गमा उहाँले सरकार र यहाँको न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्दै गएको बताउनुभयो । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो । लामिछानेसहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले यो विषय न्यायालयमा पुगिसेकाले न्यायोचित छानबिन हुने अपेक्षा गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.