सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीको थुनछेक बहस सुरु, हेर्नुस् क–कसले गर्दैछन् बहस


  •    /९ भाद्र २०७६, सोमबार १४:३३ 
  • चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको थुनछेक बहस शुरु भएको छ ।

    चितवन जिल्ला अदालतमा उनीहरु तिनैजनाको बयान लिने काम सकिएपछि अहिले थुनछेक बहस शुरु भएको अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिनुभएको छ । बादीका पक्षबाट तीन जना सरकारी वकिल, जाहेरवालाका तर्फबाट पाँच जना र प्रतिवादीहरुका तर्फबाट पाँच जनाले बहस गर्ने जानकारी आफुलाई प्राप्त भएको श्रेष्तेदार गिरीले बताउनुभएको छ ।

    बादीका तर्फबाट सरकारी वकिल यदु शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले बहस गर्नुहुने छ । त्यसैगरी जाहेरवालाको तर्फबाट अधिवक्ताहरु राजकुमार श्रेष्ठ, गोपीलाल देवकोटा, स्वागत नेपाल, रामचन्द्र देवकोटा र दीपक भट्टराईले बहस गर्ने बताइएको छ । प्रतिवादीहरुको तर्फबाट बरिष्ठ अधिवक्ताद्वय सुशिलराज पन्त, सुनिल पोखरेल, चुडामणी सापकोटालगायतले बहस गर्ने तयारी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.