सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संचारविज्ञ प्रभाकर घिमिरेद्धारा अनुवाद गरिएको पुस्तक “बीपी कोइरालाको आर्थिक विचार” विमोचन


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १४:४२ 
  • चितवन, २३ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित एवं संचारविज्ञ अनुवादक सञ्चार विज्ञ चितवनका प्रभाकर घिमिरेद्धारा अनुवादित ‘बीपी कोइरालाको आर्थिक विचार’ पुस्तक बुधबार राजधानीमा विमोचन भएको छ । डा. नेपालले २०३६ देखि २०३९ सम्म नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालासँगको सान्निध्यमा रहँदा र बीपीका विभिन्न प्रवचनहरू तथा उनका सम्बन्धमा प्राप्त सोध र अनुसन्धानका आधारमा उक्त पुस्तक तयार पारेका हुन् । डा. नेपालले यसअघि सन् २०१० मा ‘बीपीज् इकोनोमिक थट’ नामक पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तककै विस्तृत समीक्षाका रूपमा यो पुस्तक आएको छ ।

    उक्त पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरी, नेपाली कांग्रेस संगठन विभागका उपप्रमुख देवीप्रकाश भट्टचन, बीपीबारेका अध्येता÷सोधकर्ता तथा नेपाली कांग्रेसका युवा नेता शंकर तिवारी, कारोबार दैनिकका सम्पादक कुवेर चालिसे तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष जनार्दन बरालले संयुक्त विमोचन गर्नुका साथै समीक्षात्मक टिप्पणी गरेका थिए ।

    घिमिरे हाल नेपाल लगानी बोर्डमा सञ्चारविज्ञको कार्यरत छन । उनले विभिन्न पुस्तकहरुको नेपाली–अंग्रेजी–नेपालीमा भाषाअनुवादको काम पनि गर्दै आएका छन । उनीसंँग समाचार पत्र दैनिक, कान्तिपुर दैनिक, काठमाडौं पोष्ट, नागरिक दैनिक ,रिपब्लीकामा काम गरेको झण्डै दुईदशकको पत्रकारिताको अनुभव पनि छ । उनले चितवनमा रहेरपनि लामोसमय पत्रकारिता गरेका थिए । उनी पत्रकार महासंघ, चितवनका पूर्व उपाध्यक्ष पनि हुन् । उनले हाल विश्व निकेतन, त्रिपुरेश्वरमा आमसंचार तथा पत्रकारिता अध्यापन गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.