भरतपुर । प्रहरीले भरतपुरको चौविसकोठीमा भीड हटाउन अहिले केहीबेरअघि अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रशासनले आदेश जारी गरेको भीडभाड निषेधित क्षेत्रमा जम्मा भएको भीड हटाउन भरतपुरको चौविसकोठीमा अश्रुग्यास प्रहार गर्नुपरेको चितवन प्रहरीले जनाएको छ ।
भरतपुरको चौविसकोठी क्षेत्रमा मोटरसाईकल ¥यालीसहितको भीड जम्मा भएपछि प्रहरीले दिउँसो केही सेल अश्रुग्यास प्रहार गरेको त्यहाँ रहेका न्यूजभित्तो डटकमका सम्वाददाताले बताएका छन् । अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन् ।
रवि समर्थक प्रदर्शनकारीहरुले चौविसकोठीमा टायर बालेर प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरुलाई तितरवितर पारेको थियो । प्रहरीले प्रदर्शन गर्न नदिएको र अश्रुग्यास प्रहार गरेपनि प्रदर्शनकारीहरुले दुई वटा ट्रक र केही म्याजिक भ्यानमा तोडफोडसमेत गरेका छन् । प्रहरीले केही प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । अस्पताल आउजाउ गर्ने तथा कामका लागि आवतजावत गर्ने सर्वसाधारणहरुले प्रहरीले आफुहरुमाथि अनाहकमा लाठी प्रहार गरेको गुनासोसमेत गरेका छन् ।
प्रदर्शनकारीमाथि हिजो पनि प्रहरीले भरतपुरमा अश्रुग्यास प्रहार गरी तितरवितर पारेको थियो । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछानेको विनाशर्त रिहाईको माग गर्दै भरतपुरमा प्रदर्शन जारी छ ।
गत साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न बध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
यसैबीच, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ ।
जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग आज विहानदेखि शुरु भएको बयान सकिएको हो । अस्मिता भनिने रुकु कार्कीको बयान हिजो सकिएको थियो । तिनै जनाको बयान सकिएकोले अब थुनछेक बहस हुने उहाँले जानकारी दिनुभयो ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु। ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ । जिल्ला न्यायाधिश हेमन्त रावलको ईजलासमा उक्त मुद्दा रहेको छ ।
यसअघि प्रहरीले अनुसन्धानमा जुटेका प्रमाणसहित उनीहरुलाई हिजो जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो नै मुद्दा दर्ता गराएको हो ।
(तस्विर : अश्रुग्यास प्रहार गरी भीड हटाएपछि भरतपुर चौबिसकोठीको दृश्य । तस्विरः सुकदेव अर्याल/न्यूजभित्तो)