सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भीड हटाउन प्रहरीद्वारा भरतपुरको चौविसकोठीमा अश्रुग्यास प्रहार


  •    /९ भाद्र २०७६, सोमबार १३:३९ 
  • भरतपुर । प्रहरीले भरतपुरको चौविसकोठीमा भीड हटाउन अहिले केहीबेरअघि अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रशासनले आदेश जारी गरेको भीडभाड निषेधित क्षेत्रमा जम्मा भएको भीड हटाउन भरतपुरको चौविसकोठीमा अश्रुग्यास प्रहार गर्नुपरेको चितवन प्रहरीले जनाएको छ ।

    भरतपुरको चौविसकोठी क्षेत्रमा मोटरसाईकल ¥यालीसहितको भीड जम्मा भएपछि प्रहरीले दिउँसो केही सेल अश्रुग्यास प्रहार गरेको त्यहाँ रहेका न्यूजभित्तो डटकमका सम्वाददाताले बताएका छन् । अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन् ।

    रवि समर्थक प्रदर्शनकारीहरुले चौविसकोठीमा टायर बालेर प्रदर्शन गर्ने तयारी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरुलाई तितरवितर पारेको थियो । प्रहरीले प्रदर्शन गर्न नदिएको र अश्रुग्यास प्रहार गरेपनि प्रदर्शनकारीहरुले दुई वटा ट्रक र केही म्याजिक भ्यानमा तोडफोडसमेत गरेका छन् । प्रहरीले केही प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । अस्पताल आउजाउ गर्ने तथा कामका लागि आवतजावत गर्ने सर्वसाधारणहरुले प्रहरीले आफुहरुमाथि अनाहकमा लाठी प्रहार गरेको गुनासोसमेत गरेका छन् ।

    प्रदर्शनकारीमाथि हिजो पनि प्रहरीले भरतपुरमा अश्रुग्यास प्रहार गरी तितरवितर पारेको थियो । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछानेको विनाशर्त रिहाईको माग गर्दै भरतपुरमा प्रदर्शन जारी छ ।

    गत साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न बध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

    यसैबीच, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ ।

    जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग आज विहानदेखि शुरु भएको बयान सकिएको हो । अस्मिता भनिने रुकु कार्कीको बयान हिजो सकिएको थियो । तिनै जनाको बयान सकिएकोले अब थुनछेक बहस हुने उहाँले जानकारी दिनुभयो ।

    मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु। ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ । जिल्ला न्यायाधिश हेमन्त रावलको ईजलासमा उक्त मुद्दा रहेको छ ।

    यसअघि प्रहरीले अनुसन्धानमा जुटेका प्रमाणसहित उनीहरुलाई हिजो जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो नै मुद्दा दर्ता गराएको हो ।

    (तस्विर : अश्रुग्यास प्रहार गरी भीड हटाएपछि भरतपुर चौबिसकोठीको दृश्य । तस्विरः सुकदेव अर्याल/न्यूजभित्तो)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.