चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित भएको छ ।
बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थमा परेको छ । जिल्लाका शैक्षिक संस्थामा आज पठनपाठन हुन सकेको छैन ।
मुख्य बजारमा बन्दको प्रभाव देखिन्छ । सोमबार नारायणगढ बजार बन्द रहने भएकोले पनि बजारका व्यापार व्यवसाय सञ्चालनमा छैनन् । बजारमा मेडिकललगायत भित्री भागका केही पसल खुलेका देखिन्छन् । सदरमुकाम बाहिरका बजार, व्यापार, व्यवसाय आंशिक सञ्चालनमा छन् । गाउँमा भने बन्दको प्रभाव कम परेको छ ।
छोटो दूरीका सवारीसाधन सञ्चालनमा छन् भने आज लामो दूरीका सवारी साधन निकै कम चलेका छन् । भरतपुर बसपार्क, पुलचोक र नारायगढको पोखरा बसपार्कमा लामो दूरीका यात्रुहरुले सजिलै आफ्नो गन्तव्यमा जानका लागि गाडी नपाएको गुनासो गरेका छन् ।
बन्दका कारण जिल्लाका अधिकांश ठूला उद्योगधन्दा भने सञ्चालन हुन सकेका छैनन् । राप्ती नगरपालिकाको ओहोलेवाङमा जनताको सहभागीतामा पार्टीले निर्माण गर्दैगरेको सहिद स्मृति प्रतिक्षालय भत्काइएको भन्दै विप्लव नेकपाले आज चितवन बन्द आह्वान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।