सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन बन्दले जनजीवन सामान्य प्रभावित


  •    /९ भाद्र २०७६, सोमबार ०९:१५ 
  • चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित भएको छ ।

    बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थमा परेको छ । जिल्लाका शैक्षिक संस्थामा आज पठनपाठन हुन सकेको छैन ।

    मुख्य बजारमा बन्दको प्रभाव देखिन्छ । सोमबार नारायणगढ बजार बन्द रहने भएकोले पनि बजारका व्यापार व्यवसाय सञ्चालनमा छैनन् । बजारमा मेडिकललगायत भित्री भागका केही पसल खुलेका देखिन्छन् । सदरमुकाम बाहिरका बजार, व्यापार, व्यवसाय आंशिक सञ्चालनमा छन् । गाउँमा भने बन्दको प्रभाव कम परेको छ ।

    छोटो दूरीका सवारीसाधन सञ्चालनमा छन् भने आज लामो दूरीका सवारी साधन निकै कम चलेका छन् । भरतपुर बसपार्क, पुलचोक र नारायगढको पोखरा बसपार्कमा लामो दूरीका यात्रुहरुले सजिलै आफ्नो गन्तव्यमा जानका लागि गाडी नपाएको गुनासो गरेका छन् ।

    बन्दका कारण जिल्लाका अधिकांश ठूला उद्योगधन्दा भने सञ्चालन हुन सकेका छैनन् । राप्ती नगरपालिकाको ओहोलेवाङमा जनताको सहभागीतामा पार्टीले निर्माण गर्दैगरेको सहिद स्मृति प्रतिक्षालय भत्काइएको भन्दै विप्लव नेकपाले आज चितवन बन्द आह्वान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.