सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवावर्गको मन जित्न सफल भएपछि देशका विभिन्न ठाउँमा शाखा खोल्दै पानीपुरी अड्डा


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार ११:४१ 
  • सिपिजी समिर
    चितवन, २१ मंसिर । घुम्ती पसलदेखि ठूला होटल हुँदै घरको भान्सामा समेत तयार हुन थालेको पानीपुरी पछिल्लो समय युवावर्गको रोजाईको खाजा बन्दै गएको छ । पिरो अमिलो चटपट, पुरी भित्र राखिएको पानीपुरी मसला, अनि ट्वाक्क अमिलो पानी, बिशेष गरी युवायुवती त्यो भनेसी हुरुक्कै हुन थालेका छन् । जति यसको माग बढ्दै गएको छ, सरसफाई र गुणस्तरमा पनि उत्तैकै ध्यान गएको छ । सडक किनारमा सरसफाईलाई ध्यान नदिई पाईने पानीपुरी पसलहरु अहिले सुन्दर रेष्टुरेन्टका रुपमा विकास भएका छन् ।

    चितवनको सप्तगणडकी चोकमा रहेको पानीपुरी अड्डा यस्तै मध्येको एक हो । सातजना युवाहरु मिलेर सन्चालनमा ल्याएको पानीपुरी अड्डा साच्चै पानीपुरी पारखीहरुकालागी उत्कृष्ट ठाउँ बनेको छ। पानीपुरी मनपराउने युवायुवतीको अड्डमा भिड लाग्ने गरेको छ।

    अड्डामा नियमित पानीपुरी खान आउने मध्ये एक विद्यार्थीले भने “पानीपुरी मिठो छ । युवाहरुले नै सन्चालनमा ल्याएको र क्वालिटिमा क्रम्प्रमाइज नभएकाले पानीपुरी अड्डामा नियमित आउने गरेको छु ।”

    पानीपुरी अड्डाका निर्देशक सौगात तिवारीले पानीपुरी अडा नेपालकै पहिलो पानीपुरी ब्रान्ड भएको बताए। चटपट पानीपुरी मान्छेले फास्ट फुडको पहिलो रोजाइमा पारेकाले आफुहरुको व्यापार राम्रो भएको र आफुहरु सन्तुष्ट रहेको तिवारिले बताए। ग्राहकबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरुलाई हौसला मिलेको तिवारीको भनार्इ छ।

    आफुहरुले हाइजेनिक तरिकाले सरसफाइलार्इ ध्यान दिएर पानीपुरी दिएकाले ग्राहकको मन जित्न सफल भएको पानीपुरी अड्डाका प्रबन्ध निर्देशक प्रतीक घिमिरेले बताए । उनले भने, “चितवनबासीलाई पानीपुरी चखाउछौ,अनि काठमाडौ सङै अहिले ६ वटा आउटलेट खोल्ने तयारी गरिरहेका छौ,अब जहाँ गएनी हाम्रै पानीपुरी ।” घिमिरेका अनुसार मङ्सिर २२ गते काठमाडौको शंखमुलमा आउटलेट खुल्ने छ। त्येसको छ महिना पछि देशका मुख्य मुख्य शहरहरुमा आउटलेट खुल्ने घिमिरेको भनाइ छ।

    २३ बर्सिय तिवारी इन्जिनियर पढ्दै गरेका छ्न् भने घिमिरे बिबिएका विद्यार्थी हुन। दुबैले अध्यन सङसङै व्यवसायलाई पनि अगाडि बढाइरहेका छ्न ।युवायुवतीको रोजाइमा पर्न सफल पानीपुरी अड्डामा भेराइटिका पानीपुरी,चटपट ,पिज्जा,सान्डविच,मःमः लगायतका खाजा पाइन्छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.