सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक


  •    न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार १०:४० 
  • चितवन, १९ मङ्सिर । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ ।

    अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति सार्वजानिक गर्नुभयो । विशेषगरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीवरूपमा उतारिएको छ । साथै पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिकरूपमा सरल भाषामा प्रस्तुत गरिएका छन् । वरिष्ठ पत्रकार पराजुलीले यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ । सो कृति अहिले तेस्रो संस्करणमा प्रकाशित हुनेक्रममा रहेको बताइएको छ ।

    कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले समीक्षा गर्नुहँदै ‘मोम्चो’ कथा सङग्रहभित्रका कथाले समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यालाई सशक्तरूपमा उठान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कथाको दम कथाकारितासँगै कथा शक्तिमा पनि उत्तिकै जोडिएको छ ।” आख्यानकार अश्विनी कोइरालाले सरल भाषामा नारी वेदनालाई कथाले जीवन्तरूपमा प्रस्तुत गरेको बताउनुभयो । पुस्तकका लेखक पराजुलीले मोम्चो शीर्षकथाबाट कृतिको नामाकरण गरिएको बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सञ्चारकर्मी पराजुली साहित्य विधामा पनि शसक्तरूपमा कलम चलाउन थाल्नुभएको टिप्पणी गर्नुभयो । भूँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले भन्नुभयो, “कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् ।” अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा कथाकार पराजुलीको कलम सशक्तरूपमा चलेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा महिला अभियानकर्मी मीना खरेल, अक्षर समूहका कोषाध्यक्ष माया गुरुङ र लेखराम सापकोटालगायतले कथासङ्ग्रहका बारेमा चर्चा गर्नुभएको थियो । वरिष्ठ सञ्चारकर्मी पराजुली लामो समयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत हुनुहुन्छ । उहाँ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.