सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट डिएसपीसहित चार प्रहरी घाइते, प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्याँस प्रहार गरी तितरबितर पार्यो (अपडेट)


  •    /८ भाद्र २०७६, आईतवार १९:२९ 
  • चितवन । प्रहरीले रवि लामिछानेसमर्थक प्रदर्शनकारीलाई तितरबितर पार्न झण्डै दुई दर्जन अश्रुग्याँस प्रहार प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विहानैदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले आज साँझ पौने ६ बजे अश्रुग्याँस प्रहार गरेको हो । अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरबितर भएका थिए।

    प्रदर्शनकारीहरुले विहानैदेखि लामिछानेको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकारीको भीडबाट ढुङ्गा हानिएपछि उनीहरुलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले बताएको छ ।

    प्रहरीले अश्रुग्याँस प्रहार गरेर लखेटेपछि लामिछाने समर्थकहरुले भरतपुरको चौबिसकोठी र त्रिचोकमा टायर बालेर प्रदर्शन गरेका थिए । 

    यसैबीच, प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित चारजना घाइते भएका छन् । घाइते हुनेमा डिएसपी एकनारायण कोइराला, इन्सपेक्टर देवराज शर्मा, एक जना असई र एकजना प्रहरी जवान रहेका जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.