सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेसहित तीनै जना आज पनि प्रहरी हिरासतमा, अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि


  •    /८ भाद्र २०७६, आईतवार १८:३३ 
  • चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । लामिछानेसहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले आईतबार मुद्दा दर्ता गराएको हो ।

    जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको समय अभावका कारण बयान लिन बाँकी रहेको छ । उनीहरुको बयान सोमबार १० बजेबाट शुरु हुने गिरीले बताउनुभयो । उनीहरुको बयान सम्पन्न भएपछि थुनछेक बहस हुने उहाँले जानकारी दिनुभयो ।

    मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु.५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ । जिल्ला न्यायाधिश हेमन्त रावलको ईजलासमा उक्त मुद्दा रहेको छ ।

    यसअघि प्रहरीले अनुसन्धानमा जुटेका प्रमाणसहित उनीहरुलाई आईतबार जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बुझाईएको थियो । उनीहरुलाई सरकारी वकिलको कार्यालयमा पेश गरिए लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी अनुसन्धानका विषयमा जानकारी गराएको छ । सो अवसरमा यस घटनालाई अनुसन्धान गर्न खटिनु भएका केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिनुभयो ।

    अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणहरु भेटिएसँगै सोहि अनुरुप प्रमाणहरु पेश गरिएको रेग्मीले बताउनु भयो । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाणहरु माग गरेमा सोहि अनुसार कामलाई अघि वढाईने उहाँको भनाई थियो । अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाणहरु पनि जुटेका भए पनि सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताउनु भयो ।

    एक सातादेखि आफुले बाह्य प्रभावमा नपरी निस्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गरेको उहाँले बताउनुभयो । भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायालयबाट न्याय खोज्ने परम्परा थाल्नु पर्ने उहाँले बताउनुभयो ।

    घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफुलाई अनुसन्धानका लागि खटाएको र सोहि अनुरुप आफ्नो काम सम्पन्न गरेको रेग्मीको भनाई थियो । तीन जना प्रतिवादीहरुको दोष फरक फरक देखिएको भन्दै यसको विभाजन अदालतले गर्ने रेग्मीले बताउनु भयो ।

    प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिवार सम्पन्न भएको थियो ।

    साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंवाट पक्राउ गरेको थियो ।

    उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाई गर्नु पर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष सम्म कैद र रु ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ । यस अघि यसै प्रकारका ६ वटा मुद्दा जिल्ला अदालत चितवनमा दर्ता भईसकेका छन् ।

    साउन २० गते बेलुका भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्कस्थित कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । पुडासैनीको मोबाईलमा भेटिएको भिडियोमा आरोपी तीन जनाका कारण आफुले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ । सो पश्चात लामिछानेसहित तीन जनालाई प्रहरीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

    उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाई गर्नु पर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । आईतबार हजारौं समर्थकहरुले भरतपुरको चौबीसकोठी, जिल्ला प्रहरी कार्यालय अगाडि, वाईपास रोड लगायतका ठाउँमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा महिलाहरुको सहभागिता बढी देखिन्थ्यो । भरतपुरको मुख्य शहरी क्षेत्रकाभन्दा ग्रामीण क्षेत्रका वासिन्दाहरु प्रदर्शनमा धेरै सहभागी भएका थिए । प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट प्रदर्शनकारीहरु यहाँ आएका छन् । आईतबार अदालतले रविलाई रिहा गर्ने अपेक्षासहित फूलमाला लिएर आएका प्रदर्शनकारीहरु भने निराश देखिन्थे ।

    साँझपख प्रहरीले प्रदर्शनकारीहरुलाई तितरवितर गर्न दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरेका थिए ।

    (तस्वीर : जिल्ला प्रहरी कार्यालय चितवन अगाडि आईतबार प्रदर्शन गर्दै रवि लामिछाने समर्थकहरु ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
    • अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
    • देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.