सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेनाको छवि धुमिल्याउन केही शक्ति सक्रिय छन् : प्रधानसेनापति


  •    /७ बैशाख २०७६, शनिबार १०:४४ 
  • काठमाडौँ
    नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।

    ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन ।”

    हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रूपमा नेपाली सेना उभिनुपर्छ भन्दै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझैपनि केही शक्ति सक्रिय छन् भन्नुभयो ।

    आर्थिक अनियमितता विरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उहाँले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

    प्रधानसेनापति थापाले भन्नुभयो, “आर्थिक अभाव छ भनेर अनियमिता गर्ने कसैलाई छुट छैन, पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराइ दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा त्यसको असर पर्छ तर सङ्गठनमा त्यो प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन ।”

    नेपाली सेना भनेको ‘चेन अफ कमाण्ड’ र पद्धतिमा चल्ने तथा अनुशासन र बलिदानमा मान्यता राख्ने सङ्गठनका रूपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरिरहेको सो अवसरमा जानकारी दिइयो ।

    सेनाले प्रत्येक वर्ष पहिलो महीनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जालले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवम् आर्थिक पारदर्शीता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिने भएको छ । प्रधानसेनापति थापाले आचारसंहितासम्बन्धी पुस्तक पनि लोकार्पण गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कक्षा पाँचको परीक्षा नगरस्तरीय बनाउँदै कालिका नगरपालिका, शुक्रबार ‘बुक फ्रि’
    सांसदको संख्या घटाऔं, गैरसांसद मन्त्री नियुक्त गरौं: नारायणकाजी श्रेष्ठ
    २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सकियो
    • हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध
    • संरचनात्मक सुधारमा सरकार कठोर होस्, प्रमुख प्रतिपक्षी दलको समर्थन रहन्छ: पूर्वअर्थमन्त्री शर्मा
    • सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
    • गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.