सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया


  •    न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार ११:४४ 
  • नवलपुर, १८ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

    कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट मोतियाबिन्दुका बिरामी लाभान्वित भएका रोटरी क्लब अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाले जानकारी दिए । जिल्लाको आठवटै स्थानीय तहबाट आएका आँखाको बिरामीको परीक्षण गर्दा मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सापकोटाले बताए । आँखाको परीक्षण गर्न आएका एक हजारभन्दा बढीको बिरामीमध्ये करिब २०० मा मोतियाबिन्दुको समस्या देखिएको अध्यक्ष सापकोटाले बताए ।

    “शिविरमा आँखा परीक्षण गर्न आउँदा मोतियाबिन्दु देखिएका सबै बिरामीको शल्यक्रिया गर्न सकिएन”, अध्यक्ष सापकोटाले भने, “उहाँहरुको स्वास्थ्य समस्याका कारण हाललाई शल्यक्रिया गर्न नसकिएको हो ।” तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका लिना बज्राचार्यको नेतृत्वमा आएको नेत्र रोग विशेषज्ञ डा अनिमा देसार, डा क्षितिज जङ्गलगायत १५ को समूहले बिरामीको आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । रोटरी क्लबले आउँदा वर्षहरुमा पनि निःशुल्क आँखा परीक्षण र मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिनका लागि तिलगङ्गा आँखा प्रतिष्ठानसँग प्रस्तावसमेत गरेको अध्यक्ष सापकोटाले बताए ।

    आँखा परीक्षणका लागि पुगेका बिरामीको निःशुल्करुपमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण, कोभिड–१९ को परीक्षण तथा आवश्यकताअनुसार निःशुल्करुपमा औषधि तथा चस्मा पनि प्रदान गरिएको थियो । आँखा शिविरको उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रवीन्द्र पियाले मानवीय अङ्गमध्ये आँखा संवेदनशील भएकाले यसको सुरक्षाको लागि सचते हुनुपर्ने बताए । आँखामा केही समस्या देखिएमा जथाभावी औषधिको प्रयोग गर्न नहुने भन्दै पियाले तुरुन्तै आँखा रोग विशेषज्ञलाई देखाउनुपर्ने बताए ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.