रवि लामिछानेसहित तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता
/८ भाद्र २०७६, आईतवार १५:३३
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि रामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि सरकारी वकिलबाट अहिले भर्खरै चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । उनीहरु विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता भएको हो ।
अहिले उनीहरुको बयान शुरु भएको छ । अस्मिता कार्कीबाट बयान शुरु भएको छ ।
जिल्ला अदालत चितवनले दिएको जानकारी अनुसार उक्त मुद्धा कार्यालय प्रमुखसमेत रहनुभएका जिल्ला न्यायाधिस हेमन्त रावल आफैले हेर्नुभएको छ । प्रहरीले अनुसन्धान सकेर आजै विहान सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।