सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार पुडासैनी मृत्यु प्रकरण : सिआईबीका एसपी भन्छन्– ‘आत्महत्या गर्न दुरुत्साहन गरिएका भिडियो बाहेकका प्रमाण पनि जुटेका छन्’


  •    /८ भाद्र २०७६, आईतवार १३:०९ 
  • चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरीक्षक दिपक रेग्मीले आफ्नो तर्फबाट अनुसन्धानको काम सम्पन्न गरि सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिनु भएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि प्रहरीले अनुसन्धान सकेर आज विहान सरकारी वकिलको कार्यालयमा पेश गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा रेग्मीले अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणहरु भेटिएसँगै सोही अनुरुप प्रमाणहरु पेश गरिएको बताउनु भयो । उहाँका अनुसार सरकारी वकिलको कार्यालय र अदालतले थप प्रमाणहरु माग गरेमा सोहि अनुसार कामलाई अघि बढाईने छ । यद्यपी अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाणहरु जुटेका भएपनि सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताउनु भयो ।

    एक साता देखि आफुले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गरेको भन्दै प्रहरी उपरीक्षक रेग्मीले वाह्य प्रभाव आफुले थेग्नु नपरेको बताउनु भयो । उहाँले भन्नुभयो “भीडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरि न्यायालयबाट न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।” घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफुलाई अनुसन्धानका लागि खटाएको र सोहि अनुरुप आफ्नो काम सम्पन्न गरेको रेग्मीको भनाई छ ।

    उहाँले यस मुद्धामा तीन जना प्रतिवादीहरुको दोष फरक फरक देखिएको भन्दै यसको विभाजन अदालतले गर्ने बताउनु भयो । सरकारी वकिल कार्यालयले आज जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ । सरकारी वकिलको कार्यालयमा विहान १० बजेनै प्रहरीले प्रमाण सहितको फाईल र अभियुक्तहरुलाई पेश गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
    अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
    • देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल
    • धानमा गवाँरोे र मकैमा फौजीकिरा
    • अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
    • लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.