सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई निःशुल्क जैं घाँसको बिउ बाँढ्दैछ नमुना कृषक महिला समुह


  •    न्युजभित्तो/१५ मंसिर २०७८, बुधबार १६:४७ 
  • निरुता बि. क

    चितवन, १५ मंसिर । रत्ननगर वडा न. १३ स्थीत अमिलियामा आज निःशुल्क जैं घाँसको बिउ वितरण गरिएको छ । जनकल्याण कृषि नमुना कृषक महिला समुहले आज एक कार्यक्रम आयोजना गरी किसानको उत्पादन खर्च र मुल्य कसरी घटाउने भन्ने उद्धेश्यका साथ जैं घाँसको बिउ वितरण गरिएको हो ।

    समुहकी अध्यक्ष उमा सापकोटाको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा २५ जना किसानले दुध उत्पादनको आधारमा निःशुल्क जैं घाँसको पाएका छन। उक्त कार्यक्रममा समुहका सल्लाहाकार संयोजक प्रकाश बाबु खनालले शुभकामना मन्तव्य राख्दै कृषकलाई आफ्नो श्रममा विस्वास राख्नु परिश्रमको फल मिठो हुन्छ भनेर आफ्नो जीवन निर्वाहका निम्ति आफुसंग भएको श्रम र क्षमतालाई उपयोग गर्दै स्वस्थकर दुध उत्पादन गर्न अनुरोध गनुभएको छ ।

    त्यस्तै कार्यक्रममा उहाले दुधको लागत मुल्य १५ देखि १८ रहेको र उक्त लागत मुल्य नघटाए कृषकले नाफा प्राप्त गर्न नसक्ने समेत बताउनुभयो । दुधको लागत मुल्यबाट कसरी नाफा लिने, दुधमा किसान आत्मा निर्भर कसरी बन्ने र राष्ट्रियको आवश्यकतालाई कसरी परिपुर्ती गर्न भन्ने विषयमा कृषक लाग्नुपर्ने खनालले बताउनुभयो ।

    उक्त कार्यक्रम समुहका व्यवस्थापक प्रकाश शाहले शुभकामना दिदै कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

    जनकल्याण कृषि नमुना कृषक महिला समुहकी सचिव सुनिता वगालेले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई समुहकी अध्यक्ष उमा सापकोटाले संस्थाको विकासमा सबै किसान एक जुट हुन अनुरोध गर्दै लागत कम गरी धेरै भन्दा धेरै दुग्ध उत्पादन गरि नाफा लिन कृषकहरुलाई आग्रहगर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.