सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेङ्गुले चितवनमा एक जनाको ज्यान गयो


  •    /८ भाद्र २०७६, आईतवार १२:०१ 
  • चितवन । चितवनमा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्वर २, गंगोत्री मार्गका एक ७१ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साउन ३१ गते मृत्यु भएको हो । मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको त्यहाँ उपचार हुन नसके पछि चितवन मेडिकल कलेजमा पठाईएको थियो । सोहि मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिनु भयो ।

    जिल्लामा केहिदिन यता डेंगुको संक्रमण बढ्दै गएको छ । उहाँका अनुसार साउन यता भदौ ६ गतेसम्म जिल्लामा ५ सय ६७ जनाको परीक्षण गरिएकोमा २ सय २५ जनामा डेंगुको संक्रमण भेटिएको छ । ती मध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेका उहाँले जानकारी दिनु भयो । डेंगु नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियान सम्पन्न गरि जनचेतनामूलक कार्यक्रम तीब्र पारिएको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.