सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेसहित तीनजनालाई सरकारी वकिलको कार्यालयमा पेश गरियो, आजै अदालतमा अभियोगपत्र पेश हुने


  •    /८ भाद्र २०७६, आईतवार ११:४२ 
  • चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि रामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि प्रहरीले अनुसन्धान सकेर आज विहान सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । उनीहरुलाई अनुसन्धानको प्रकृया टुङ्ग्याई सरकारी वकिलको कार्यालयमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभएको छ ।

    सरकारी वकिलबाट आजै अदालतमा अभियोगपत्र पेश हुने पनि प्रहरी उपरीक्षक मल्लले बताउनुभएको छ । न्यायिक हिरासतमा रहेका तीनै जनालाई चितवन जिल्ला अदालतले दोस्रो पटक थप गरेको पाँच दिनको समय अवधिभित्रै सवै अनुसन्धान सकेर अनुसन्धान राय प्रतिवेदन सहितको फाईल सरकारी वकिलको कार्यालयमा पेश गरिएको चितवन प्रहरीले बताएको छ ।

    सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र पेश गरेपछि आजै थुनछेक बहस हुने छ । थुनछेक बहसपछि अदालतले रिहा गर्ने वा कारागार चलान गर्ने आदेश दिनेछ । अदालतले आजै वा भोलि आदेश दिनसक्ने सम्भावना रहेको बताइएको छ । जाहेरीवालाको तर्फबाट पाँच जना अधिवक्ताले बहस गर्ने तयारी गरेका छन् ।

    प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन । त्यस्तै अस्मिता कार्कीको तर्फबाट पनि छुट्टै तीन जना अधिवक्ताले बहस गर्ने तयारी गरेका छन् ।

    माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी गएको साउन २० गते भरतपुरको नारायणगढस्थित एक होटलमा मृत फेला परेका थिए । उनले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रवि, युवराज र अस्मितालाई दुरुत्साहनको आरोप लगाएको भेटिएपछि उनीहरु तिनै जनालाई प्रहरीले साउन ३० गत्ते काठमाडौँबाट पक्राउ गरि चितवन ल्याएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.