सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली


  •    /७ भाद्र २०७६, शनिबार १८:५० 
  • काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उहाँले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताउनुभयो ।

    काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा आज आयोजित वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन जस्तो गरी आम जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोशिस भइरहेको छ ।”

    समाजमा भएका खराबी विरुद्ध लड्ने सामथ्र्य सरकारसँग रहेको जिकिर गर्दै मन्त्री ज्ञवालीले प्रश्न गर्नुभयो, “भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?” बेल्जियममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।

    युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रष्ट्याउँदै देशमा परिवर्तनका सकारात्मक सङ्केत देखिन थालेको उहाँको जिकिर थियो । समाजमा भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको उहाँको दाबी छ । “कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाइ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ, यसको अर्थ के, त्यहाँका प्वाल बन्द हुन थालेछ, यो त सत्य हो नी”, मन्त्री ज्ञवालीले भन्नुभयो ।

    ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी गराउँदै उहाँले विकृति विरुद्धको लडाइँ शुरु भएको उल्लेख गर्नुभयो । फरक प्रसङ्ग जोड्दै मन्त्री ज्ञवालीले नेपाली समाजको बहुआयामिक सँस्कृतिलाई अगाडि ल्याउन र कर्णालीलाई चिनाउन वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीले गरेको योगदानको प्रशंसा गर्नुभयो ।

    बेइजिङ ओलम्पिकमासमेत उत्कृष्ट १० मा छनोट भएको मुलुकको राष्ट्रगान छनोटको नेतृत्व गर्ने जोशीको योगदानको राज्यले उच्च मूल्याङ्कन गरिरहेको र गरिरहने बताउँदै उहाँले आज जोशीलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । मुलुकका अन्य गतिविधि पछाडि परेपनि सँस्कृतिका हिसाबले नेपाल अन्य देशको तुलनामा अब्बल रहेको उहाँको भनाइ थियो ।

    विश्व व्यापारीकरणलगायत कारणले पश्चिमा संस्कृति भित्रिँदा मौलिक संस्कृतिमा अतिक्रमण भइरहेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । उहाँले गलत गतिविधि रोक्दै पश्चिमाहरुको विकासबाट पाठ सिकेर गलत परम्परालाई हटाउँदै जानु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.