सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गे थपिदै, ठाउँ पनि विस्तार गरिने


  •    /७ भाद्र २०७६, शनिबार १०:४९ 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले रु एक करोड बजेट विनियोजन गरेको छ । हाल २२ हेक्टर जमीनमा विद्युतीय ‘पिसीसी मेस’ जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने ढकालले बताउनुभयो । सँगै जोडेर वा गैँडालगायतका जनावरलाई वारपार गर्ने ठाउँ छाडेर कुन तरिकाले गर्दा उपयुक्त हुन्छ सोहीअनुरुप काम गरिने उहाँले जानकारी दिनुभयो ।

    प्राविधिकहरुसँग परामर्श गरेर छिट्टै काम शुरु गरिने ढकालको भनाइ थियो । ठाउँ विस्तार गरेपछि सङ्ख्या थप गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले ती जनावरलाई सधैँ खोरमा राख्न नसकिने भएकाले बथानमा छोड्न सङ्ख्या बढाउनुपर्ने बताउनुभयो । खोरमा हाल तीन बच्चासहित १३ अर्ना र एउटा बाह्रसिङ्गे रहेका छन् ।

    सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो । तीमध्ये पाँच मरेका छन् भने तीन बच्चा जन्मिएका छन् । हाल खोरमा दुई भाले र आठ पोथी रहेका छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा छ ।

    खड्काले खोर विस्तारसँगै थप अर्ना र बाह्रसिङ्गे ल्याइने बताउनुभयो । २५/३० को हाराहारीमा पुगेपछि खोरबाट बाहिर छोड्दा बच्नसक्ने उहाँको भनाइ छ । बाघको आक्रमणबाट बच्न बथानमा यो जनावर हिँड्ने गर्दछ । निकुञ्जले पहिलो चरणमा खोर विस्तार गर्नेछ भने त्यसपछि थप जनावर ल्याउन लागिएको हो ।

    खोरभित्र घाँसेमैदान व्यवस्थापन, पानीका पोखरी निर्माण गरिनेछ । सँगै सुरक्षाका लागि निर्माण गरिएको मचान व्यवस्थित गरिने निकुञ्जले जनाएको छ । खोरभित्र अर्ना, बाह्रसिङ्गेसँगै मृग, बँदेलजस्ता जनावर पनि रहेका छन् । निकुञ्ज सुरक्षार्थ सेना र कर्मचारीले नियमित सुरक्षा र निगरानी गरेर अर्ना र बाह्रसिङ्गे संरक्षण गरिरहेका छन् । दुई वर्षअघिको बाढीका कारण अर्ना र बाह्रसिङ्गे मरेका र बेपत्ता भएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.