सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनएको महाधिवेशन असोज अन्तिम साता काठमाडौँमा


  •    /६ भाद्र २०७६, शुक्रबार २१:०५ 
  • काठमाडौँ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

    सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालयसमेतको सल्लाहमा उक्त मिति तय गरेको हो । उक्त विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुने छ ।

    सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन हुने कार्य अन्तिम चरणमा पुगेको छ । आयोजक समितिमा सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घ संस्थाका अध्यक्ष रहने व्यवस्था छ ।

    यसैगरी सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन गरिएको छ । यही विश्व सम्मेलनकै समयमा सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि सङ्घका अध्यक्षलगायत अन्य पदाधिकारीको निर्वाचन हुने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.