सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटधाममा ४० वर्षपछि गण्डकी परिक्रमा


  •    न्युजभित्तो/२ मंसिर २०७८, बिहीबार ०८:२० 
  • चितवन, २ मंसिर । तनहुँ, नवलपरासी र चितवनको संगममा रहेको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ । संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक महत्वको सम्बद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा देवघाटधाम गण्डकी परिक्रमा गरिएको हो ।

    विसं २०३८ मा सुरुवात गरिएको देवघाटधाम गण्डकी परिक्रमालाई निरन्तरता प्रदान गरी जीवन धन्य बनाउने उद्देश्यसहित परिक्रमा गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त कार्यक्रमअन्तर्गत तनहँुतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर महादेवको मन्दिर) चक्रवर्ती आश्रम ९मणिमुकुन्देश्वर मन्दिर०, महेश सन्यास आश्रम (विद्येश्वर महादेव मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रिनाथ मन्दिर), देवपुर (सांढेबगर बौद्धगुम्बा) भुबराह मन्दिर (मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम) को परिक्रमा गरिएको छ ।

    त्यस्तै चितवनतर्फ देवघाट बस पार्क (सङ्कल्पेश्वर महादेव मन्दिर, देछेन थर्वालिङ बौद्ध गुम्बा), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी ९दियालो बङ्गला चोक०, पोखरा बसपार्क ९गौरेश्वर शिव मन्दिर०,नारायणगढ ९हरिहर मन्दिर०, नारायणगढ पुलचोक (दुर्गा मन्दिर) को परिक्रमा गरिएको छ ।

    नवलपुरतर्फ गैंडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, सुकदेव भागवत आश्रम, रमानुज वेद आश्रम, राधाकृष्ण मन्दिर, दिव्यधाम मन्दिरको परिक्रमा गरिएको समितिले जनाएको छ । देवघाट परिक्रमाअन्तर्गत सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली भगवतीको दर्शन, धार्मिक पर्यटनको प्रबद्र्धन, दुर्लभ देव नदीहरुको पुजन, धार्मिक नगरी नारायणगढको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा बैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको कार्यक्रम गरिएको छ ।

    देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्य मोक्ष प्राप्त हुने तथा मृत्यु पश्चात् यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दु धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिक ग्रन्थमा देवघाटधामको महिमा उल्लेख भएको पाइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.