कोरियन भाषा परीक्षाका लागि आवेदन अनलाइनबाट दिनुपर्ने, परीक्षा पुस १ गतेदेखि
न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार ११:२६
काठमाडौँ,३० कात्तिक । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार कोरियन भाषाको परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन हुने भएको छ ।
त्यस्तै परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको हो ।
भाषा परीक्षामा सहभागी हुन आगामी मंसिर ६ देखि ८ गतेसम्म अनलाइन आवेदन दर्ता गर्नुपर्ने र आवेदन फारम भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्न ईपीएस शाखाले आग्रह गरेको छ।
उक्त परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको विनिमयदरका आधारमा उक्त रकम बराबरको नेपाली रुपैयाँ ग्लोबल आईएमई बैंकको खातामा जम्मा गर्न भनिएको छ ।
कोरियाले नेपाली श्रमिक उत्पादन, कृषि तथा पशुपालन क्षेत्रका कामका लागि लाने गरेको छ।