सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युरोप र एसियामा बर्ड फ्लू फैलिँदै, दक्षिण कोरियामा झण्डै ८ लाख कुखुरा मारियो


  •    न्युजभित्तो/३० कार्तिक २०७८, मंगलवार ११:१८ 
  • काठमाडौं,३० कात्तिक । युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखा पारेको छ । प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख छ ।

    सोमबार दक्षिण कोरियाको चुङचेओङबुक डुस्थित एक कुखुरा फार्ममा बर्ड फ्लू देखा परेको छ । बर्ड फ्लू देखा परेपछि उक्त फार्ममा रहेका ७ लाख ७० हजार कुखुरा मारिएको समाचारमा बताइएको छ । त्यस्तै, उत्तरपूर्वी जापानको एक फार्ममा समेत यस वर्षको हिउँदमा पहिलो पटक एच५एनड नामक बर्ड फ्लूको उप-प्रजाति देखा परेको छ ।

    युरोपका कतिपय मुलुकमा समेत बर्ड फ्लू देखा पर्न थालेको छ । नर्बेको रोगाल्याण्ड क्षेत्रमा ७ हजार चराचुरुङ्गीमा एच५एन१ बर्ड फ्लू देखा परेको ओआईईले जनाएको छ ।

    विशेषगरी शरद ऋतुमा बसाइँसराइँ गरेर आउने चराबाट बर्ड फ्लू सर्ने गरेको पाइन्छ । एन्टवर्प क्षेत्रमा एक जंगली हाँसमा निकै संक्रामक बर्ड फ्लू देखा परेपछि बेलिजय सरकार सतर्क बनेको र कुखुरालाई भित्रै राख्न आदेश दिएको छ ।

    यसअघि अक्टोबर महिनामा फ्रान्स र नेदरल्याण्डका कुखुरा फार्ममा समेत सतर्कता अपनाइएको थियो ।

    ओआईईसमक्ष पेश गरिएको पछिल्लो प्रतिवेदनबाट बर्ड फ्लू भाइरस तीव्र रुपले पुनस् फैलिन थालेको प्रस्ट हुन्छ । यसअघि देखा परेको बर्ड फ्लूका कारण कुकुरा र हाससहित करौडौं चराचुरुङ्गीलाई मारिएको थियो । पछिल्लो पटक पुनस् बर्ड फ्लू देखा पर्न थालेपछि सरकार र कुखुरा व्यवसायीहरु सतर्क बन्न थालेका छन् ।

    बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने हुँदा यसले रोग विशेषज्ञहरूको तानेको छ । यस वर्ष मात्रै चीनमा बर्ड फ्लूको उप-प्रजाति एच५एन६बाट २१ मानिस संक्रमित भइसकेका छन् । तर कुखुराबाट उत्पादित वस्तु सेवन गर्दा मानिसमा बर्ड फ्लू सर्दैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.