सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुस पहिलो साता चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने


  •    न्युजभित्तो/२८ कार्तिक २०७८, आईतवार १७:१३ 
  • काठमाडौं,२८ कात्तिक । पुस पहिलो साता चितवनको भरतपुरमा अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुनेभएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

    उद्यशिलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्न प्रदर्शनी फलदायी हुने चितवन उद्योग संघका उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले बताए । प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २०० बढी प्रविधिहरुको प्रदर्शनीका स्टल रहने न्यौपानेले जानकारी दिए । नेपाली उत्पादनको बजारीकरण र प्रविधि हस्तान्तरणका लागि प्रदर्शनी उपयुक्त हुने आयोजकको विश्वास छ ।

    प्रदर्शनीमा भारतीय बजारमा ख्याति कमाएका युरोपेली र चिनियाँ कम्पनीका औद्यौगिक प्रविधिहरु प्रर्दशनीमा भित्र्याइने आयोजकको दावी छ ।

    औद्योगिक, प्याकेजिङ, पूर्वाधार, कृषि जस्ता क्षेत्रका प्रविधि प्रदर्शनीमा बढी प्राथमिकतामा रहेको आयोजकले बताएका छन् । प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुनेछ । झण्डै २ करोड लागतमा हुन गइरहेको प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.