सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्कीमा चुनावी सरगर्मी शुरु


  •    /४ भाद्र २०७६, बुधबार ११:०४ 
  • पोखरा । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुरु हुन थालेको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देश बुझेको, भूगोल बुझेको, त्यो भन्दा बढी जनताको भावना बुझेको व्यक्ति अब उम्मेदवार बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जनताको पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्न सक्ने, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्न सक्ने व्यक्तित्वको खाँचो छ ।”

    साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले राष्ट्रलाई अग्रगमनतर्फ लैजान सक्ने, आफ्नो क्षेत्रको आवश्यकतालाई बुझ्न सक्ने दूरदर्शी र नैतिकवान उम्मेदवार हुनुपर्ने बताउनुभयो । नेपालको सिङ्गो पहिचान भाषा, धर्म, संस्कृति र कला साहित्यसँग जोडिने हुनाले यस विषयमा पनि उम्मेदवार राम्रो दख्खल भएको हुनु जरुरी हुने उहाँको भनाइ छ ।

    पर्यटन व्यवसायी नरेश भट्टराईले देशको माटोलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सक्ने दूरदर्शी स्वाभिमानी उम्मेदवार उठ्नुपर्ने विचार राख्नुभयो । “नेता भनेपछि श्रद्धाले शिर झुकोस् र जनजनले नाम पुकारोस्, रवीन्द्रको अभाव हामीले महसुस गरेका छौँ, त्यो अभाव मेटाउन सक्ने र राष्ट्रिय छवि बनाएको नेता उम्मेदवार बन्नुपर्छ”, उहाँले भन्नुभयो । पत्रकार एवं अधिवक्ता दुर्गा भण्डारीले सम्भव भएसम्म महिला उम्मेदवार हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरेर नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्न सक्ने क्षमतावान् व्यक्ति उम्मेदवार बन्नुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.